कामना सेवा विकास बैंकका ग्राहकलाई महेन्द्र नारायण निधी अस्पतालमा १५ प्रतिशत छुट

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको बसुन्धारा स्थित महेन्द्र नारायण निधी मेमोरियल अस्पतालसँग सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता गरेको छ। सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले अस्पतालले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवा तथा सुविधामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

बैंकका अनुसार, सेवाग्राहीले बैंकसँगको आबद्धताको प्रमाण प्रस्तुत गरेपछि सहज रूपमा यो सुविधा लिन सक्नेछन्। यस पहलबाट बैंकसँग आबद्ध सम्पूर्ण व्यक्तिहरूले स्वास्थ्य सेवा क्षेत्रमा प्रत्यक्ष लाभ लिन सक्ने र यसले ग्राहकसँगको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।

उक्त सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र महेन्द्र नारायण निधी मेमोरियल अस्पतालका अध्यक्ष कपिल ज्ञवालीले हस्ताक्षर गरेका हुन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री