बैंकिङ्ग

सिभिल बैंक र चरक मेमोरियल हस्पिटलबीच सम्झौता

काठमाडौं । सिभिल बैंक लिमिटेड र पोखराको चरक मेमोरियल हस्पिटलबीच बैंकका ग्राहकहरूलाई छुट दिने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार सिभिल बैंकका ग्राहकहरूले पोखराको चरक मेमोरियल हस्पिटलमा २०% सम्म छुट पाउनेछन् । सम्झौतापत्रमा बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख समीर केसी र हस्पिटलका तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मीले हस्ताक्षर गरेका छन् । फार्मेसीमा ५ प्रतिशत, ल्याब-बेड, रेडियोलोजी तथा अपरेसनमा लाग्ने शुल्कमा १० प्रतिशत र होलबडी चेकअपमा २० प्रतिशत छुट पाउने बैंकले जनाएको …

पुरा पढ्नुहॊस »

प्रभु बैंक र अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टरबीच छुटसम्बन्धि सम्झौता

काठमाडौँ । प्रभु बैंक लिमिटेड र अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टरबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट मानव संशाधन विभागका प्रमुख रमेश थापा र अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टरका तर्फबाट वरिष्ठ मार्केटिंग कार्यकारी अधिकृत अस्मिता पराजुलीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र उक्त डाइगोनोस्टीक सेन्टरबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहक महानुभावहरुले …

पुरा पढ्नुहॊस »

सुर्खेत उद्योग वाणिज्य संघले माग्यो राष्ट्र बैंकसँग कर्जा

काठमाडाैँ । सुर्खेत उद्योग वाणिज्य संघले राष्ट्र बैंकसँग पुनः कर्जाको माग राखेको छ । संघले दुई बुँदे माग राख्दै शुक्रवार नेपाल राष्ट्र बैंकको सुर्खेतस्थित कार्यालयमा धर्ना दिएको हो । मुलुकलाई दोस्रो श्रीलंका हुनबाट जोगाउने दायित्व बैंकहरूकाे पनि भएकोले निजी क्षेत्रको उपस्थिति र अस्तित्व जोगाउन बैंकहरू अग्रसर हुन आग्रह गर्दै संघका पदाधिकारी एक घण्टा धर्ना बसेका थिए । उद्योग वाणिज्य संघले बैंकहरूले यसअघि प्रवाह गरिएको कर्जामा ग्राहकको माग र आवश्यकता बमोजिम …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकमा खुल्यो १५२ कर्मचारीको रोजगारी

काठमाडौं । कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो । प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृत मागिएको छ । त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखपालका लागि दरखास्त आह्वान भएको छ । कृषि …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकको अनलाइन पाेर्टल ‘केएस डिजी वर्ल्ड’ सार्वजनिक

काठमाडौँ । कामना सेवा विकास बैंकले अनलाइन पोर्टल केएस डिजी वर्ल्ड सार्वजनिक गरेको छ । बैंकले मङ्गलबार केएस डिजी वर्ल्ड सार्वजनिक गरी सेवा सञ्चालनमा ल्याएको जनाएकाे छ । यो सेवा लागू भएपछि बैंकका ग्राहकले बैंकको वेबसाइट वा मोबाइल एपमार्फत अथवा बेवसाइटमा गई एकद्वार प्रणालीमार्फत घरैमा बसी अनलाईन सेवाहरु प्राप्त गर्न सक्नेछन् । केएस डिजी वर्ल्डमा अनलाइन खाता, अनलाइन ऋण आवेदन, अनलाइन डिम्याट र मेरोसेयर, अनलाइन कार्ड रिक्वेस्ट, अनलाइन क्युआर रिक्वेस्ट, …

पुरा पढ्नुहॊस »

नबिल बैंक र नेपाल बंगलादेश बैंकले सोमबार बिहानसम्म बैकिङ कारोबार बन्द गर्ने

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकले एकीकृत कारोबारका लागि आफ्ना सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार बन्द गर्ने भएको छ । एक सूचनामार्फत यी बैंकहरूले २७ असारदेखि एकीकृत कारोबार गर्ने भएकाले शुक्रबारदेखि सोमबार कार्यालय समयअगाडिसम्म बैंकिङ कारोबार बन्द गर्ने जानकारी दिएको हो । सोमबारदेखि नै नेपाल बंगलादेश बैंकको केन्द्रीय कार्यालया तथा शाखा कार्यालयहरूले नबिल बैंकको प्रादेशिक÷शाखा कार्यालयको रूपमा कारोबार सञ्चालन गर्नेछन् । दुबै बैंकको सम्पूर्ण तथ्यांकलाई एकल बैंकिङ सफ्टवेयरमा …

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंकका ग्राहकलाई धुलिखेलका ६ होटलमा २०% सम्म छूट

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड धुलिखेल शाखाले पर्यटकीय नगर धुलिखेलका सुविधा सम्पन्न विभिन्न होटल रिसोर्टबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले धुलिखेल लज रिसार्ट, धुलिखेल भिलेज रिसोर्ट, होटल सारथी, माउण्ट प्रिन्सेस होटल, धुलिखेल नेचर होम र मिरावेल रिसार्ट एण्ड होटलबाट सेवा लिएबापत बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ र क्युआर कोडबाट भुक्तानी गर्दा छुट पाउने छन् । जस अनुसार होटलको फुड …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाई आजबाट बिक्री खुल्ला

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले बुधबारदेखि ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोडको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । यो एक बन्दमुखी योजना हो । निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशतमध्य १८ लाख इकाई ग्लोलब आइएमई क्यापिटललाई र १ करोड ६२ लाख इकाई कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंकलाई सुरक्षित गरी …

पुरा पढ्नुहॊस »

सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

काठमाडाैँ । सानिमा बैंकका ग्राहकले पोखराको अन्नपूर्ण केबलकारको सेवामा छुट पाउने भएका छन् । बैंक र केबलकारबीच २० असारमा भएको समझदारी अनुसार बैंकका ग्राहकले उक्त केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान वा डेबिट/क्रेडिट कार्डमार्फत् रकम भुक्तानी गरे १० प्रतिशत छुट पाउने छन् । समझदारी पत्रमा सानिमा बैंकका गण्डकी प्रदेश प्रमुख सुदीपकुमार हलवाई र अन्नपूर्ण केबलकारका महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छन् । सानिमा बैंकको डेबिट÷क्रेडिट कार्ड …

पुरा पढ्नुहॊस »

एनएमबी बैंकद्वारा विद्यालय भवन पुनःनिर्माणमा सहयोग

काठमाडौँ । एनएमबि बैंकले सामाजिक दायित्व अन्तर्गत विरेन्द्रनगर सुर्खेत–१६ स्थित सरस्वती प्राथमिक विद्यालयको छाना माथिको पुनर्संरचना/सम्भार र कक्षा कोठाको मर्मतसम्भार गरेको छ । गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थी खुला चौरमा पढ्न बाध्य थिए । एक कार्यक्रम माझ बैंकले ४ वटा कोठाको पुनःनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो । उक्त कार्य परियोजनाको समापन तथा हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट क्षेत्रीय प्रबन्धक मित्रराज प्याकुरेल, कर्मचारी निर्मल गौलीलगायत उपस्थित …

पुरा पढ्नुहॊस »