बैंकिङ्ग

एनआइसी एसियाको एटिएमबाट चोरी गर्न खोज्ने पक्राउ

काठमाडाैँ । पोखरामा एटीएम फटाएर पैसा चोरी निरन्तर भइरहेको छ । पोखरा २६ को एनएमबी बैंकको एटीएम फुटाएर पैसा चोरेको भिडियो भाइरल भइरहेको अवस्थामा अहिले पुनः पोखरा १७ को एनआइसी एसिया बैंकको एटिएमबाट चोरी गरिरहेको अवस्थामा एकजना पक्राउ परेका छन् । शुक्रबार एटीएम फुटाएर चोर्दै गरेको अवस्थामा पर्वतको कुश्मा नगरपालिका ३ का २३ वर्षीय कृष्ण विक पक्राउ परेका हुन् । उनले यसअघि पनि माछापुच्छ्रे बैंकको एटीएम फुटाएका थिए । सोही …

पुरा पढ्नुहॊस »

राष्ट्र बैंकले नेपाली र अङ्ग्रेजी भाषा सम्पादक माग्यो, के चाहिन्छ योग्यता ?

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले भाषा सम्पादक माग गरेको छ । नेपाल राष्ट्र बैंक प्रकाशन निर्देशिकाअनुसार भाषाविद् सम्पादक हरूको सूची तयार गर्ने प्रयोजनका लागि बैंकले दरखास्त माग गरेको हो । इच्छुकले भदौको १० गतेसम्म दरखास्त दिन सक्नेछन् । नेपाली भाषाविद्का लागि नेपाली भाषा मुख्य विषय लिइ कम्तीमा स्नातकोत्तर वा स्नातकोत्तरभन्दा धेरैको शैक्षिक योग्यता भइ एक वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ । विद्यावारिधि उपाधि हासिल गरेको, अर्थशास्त्र, बैंकिङ तथा व्यवस्थापन विषयमा …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकले ल्यायो १० गुणा प्रतिफल प्राप्त हुने ‘सिटिजन्स चिरायु मुद्दती योजना’

काठमाडौं । विगत डेढ दशक देखी सर्वसाधारणलाई गुणस्तरिय र सुरक्षित सेवा तथा सूविधा दिदै आएको सिटिजन्स बैंकले २०७९, श्रावण २१ गते थप आकर्षक मुद्दती योजना ‘सिटिजन्स चिरायु मुद्दती योजना’तथा ‘रेमिटेन्स चिरायु मुद्दती योजना’ खाताको शुरु गरेको छ। । यी मुद्दती योजनाहरु बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सौराहा, चितवनमा आयोजित ३ दिने लिडरशीप डेभलपमेन्ट तथा क्यापसीटी बिल्डीङ कनक्लेभ भन्ने एक कार्यक्रमका बीच आजको मिति देखि नै शुरुवात भएको घोषणा गरे …

पुरा पढ्नुहॊस »

बैंकहरूले ब्याजदर नबढाउने

काठमाडौँ । बैंकहरुले तत्कालका लागि ब्याजदर नबढाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार एक निर्देशन जारी गर्दै व्याजदर खुकुलो बनाउने नीति लिएको भए पनि बैंकहरुले भने तत्कालका लागि ब्याजदर नबढाउने निर्णय लिएका हुन् । शुक्रबार बसेको बैंकर्स संघको बैठकले यसअघिको ११.३ प्रतिशत ब्याज नै कायम राख्ने निर्णय गरेका हुन् । फागुनदेखि नै बैंकहरुले यो ब्याजदर कायम गरेका हुन् । तर, बैंकहरुले संस्थागततर्फको व्याजदरभने १०.०३ प्रतिशत लिँदै आएकोमा त्यसलाई घटाएर …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकको खुद मुनाफा ५ अर्ब २१ करोड

काठमाडौँ । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७८-७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरु प्रकाशित भएको छ । बैंकले यस अवधिमा रु. ५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा बैंकको खुद मुनाफा ३ अर्ब ७९ करोड रुपैंया रहेको थियो । यस अवधिमा बैंकको कर्जा लगानी तथा गुणस्तरमा उल्लेखनीय सुधार भई ब्याज आम्दानी बढेकाले खुद मुनाफा बढेको हो । आ.व. …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकले सुरु गर्‍याे छात्रवृत्ति कार्यक्रम, कक्षा १२ सम्म निरन्तर प्रदान गर्ने

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘ग्लोबल आईएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको छ । बैंकको ‘ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम अन्तर्गत यस वर्ष बैंकले विभिन्न सामुदायिक (सरकारी) विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्नवर्गका ३५ जना जेहनदार छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । यी छात्राहरूलाई कक्षा १२ सम्मको अध्ययनका लागि बैंकले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने बताइएको छ । यस कार्यक्रमबाट …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकका ग्राहकलाई राजी क्लिनिककाे सेवामा छुट

काठमाडौं । सिटिजन्स बैंकले रुपन्देहीस्थित राजी क्लिनिकबाट प्रवाह हुने सेवामा आफ्ना ग्राहलाई छुट दिलाउन सम्झौता गरेको छ । उक्त क्लिनिकबाट प्राप्त हुने सेवामा छुट दिलाउन बैंकले समझदारी पत्रमा हस्ताक्षर गरेको हो । सम्झौताअनुसार सिटिजन्स बैंकका ग्राहकले राजी क्लिनिकमा गरिने स्वास्थ परीक्षणहरूमा २० प्रतिशत र फार्मेसी सेवामा सात प्रतिशत छुट पाउनेछन् । त्यसैगरी ६५ वर्षभन्दा माथिका बिरामीका लागि चिकित्सक शुल्क र ल्याब टेष्टमा ३० प्रतिशतसम्म छुट दिइने बताइएको छ । यसका …

पुरा पढ्नुहॊस »

कनकाई नगरपालिकामा नबिल बैंकको डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम

काठमाडौं । नबिल बैंकले कनकाई नगरपालिकामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कनकाई नगरपालिकाको कार्यालयमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा १५० जना युवा तथा महिला उद्यमीहरूको सहभागिता रहेको बैंकले जानकारी दिएको छ । कार्यक्रममा कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले कृषिको विस्तार र विकासमा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए । उनले नबिलले गर्दै आएको दिगो बैंकिङले युवा तथा महिला उद्यमीहरूलाई आफ्नो व्यापार …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकद्वारा विभिन्न पदमा कर्मचारी माग (भ्याकेन्सीसहित)

काठमाडाैँ । के तपाईं आफ्नो योग्यता अनुसारको अवसरको खोजिमा हुनुहुन्छ ? तपाईंमा असम्भव भन्ने कुरा नै हुदैन भन्नेमा विश्वास छ ? तपाईं अठोटको अगाडी हर लक्ष्य सम्भव छ भन्नेमा विश्वास गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने एनआईसी एशिया बैंकले तपाईंको खोजी गरिरहेको छ । बैंकले प्रगतिको सपना बोकेर अगाडि बढ्न सक्ने योग्य व्यक्तिको खोजीका लागि दरखास्त आह्वान गरेको छ । सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैंकले …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकले ल्यायो गरिमा डिजी बटुवा

काठमाडौँ । गरिमा विकास बैंकले गरिमा स्मार्ट मोबाईल बैंकिङ्ग एपको अपग्रेडेड संस्करण गरिमा डिजी बटुवा सार्बजनिक गरेको छ । डिजी बटुवाले ग्राहकहरुलाई आफ्नो मोबाईल फोन तथा वेबसाइटबाट समान पासवर्ड प्रयोग गरेर बैंक खातामा पहुँचका लागि अनुमति दिन्छ । यसले विभिन्न उपकरणहरुबीच निर्वाध रुपमा कारोबार गर्नका लागि पूर्ण डिजिटल बैंकिङ्गको अनुभव दिलाउँछ । डिजिटल बैंकिङ्ग अनुप्रयोगको नविनतम संस्करण नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफट्ले विकास गरेको हो । गरिमा डिजी बटुवा …

पुरा पढ्नुहॊस »