सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

काठमाडाैँ । सानिमा बैंकका ग्राहकले पोखराको अन्नपूर्ण केबलकारको सेवामा छुट पाउने भएका छन् ।

बैंक र केबलकारबीच २० असारमा भएको समझदारी अनुसार बैंकका ग्राहकले उक्त केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान वा डेबिट/क्रेडिट कार्डमार्फत् रकम भुक्तानी गरे १० प्रतिशत छुट पाउने छन् ।

समझदारी पत्रमा सानिमा बैंकका गण्डकी प्रदेश प्रमुख सुदीपकुमार हलवाई र अन्नपूर्ण केबलकारका महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छन् ।

सानिमा बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्तालाई विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्टमा छुट दिने व्यवस्था गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस