काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डीआईजी एवम् गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीलाई रूपन्देही पठाइएको छ । उनलाई सोमबार बुटवल पठाइएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगीबारे अनुसन्धानका लागि जोशीलाई पोखराबाट बुटवल लगिएको हो । जोशीलाई प्रहरीले असोज ६ गते काठमाडौंमा पक्राउ गरेर कास्की लगेको थियो । गोरखा मिडियामा उनी जीबी राई र रवि लामिछानेका तत्कालीन साझेदार हुन् ।
तपाईंको प्रतिकृया




