बैंकिङ्ग

महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सार्वजनिक, ७० महिनामै रकम डबल हुने

काठमाडौं । महालक्ष्मी विकास बैंकले ७० महिनामै रकम डबल हुने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता’ योजना सञ्चालनमा ल्याएको छ । १० हजार रुपैयाँमै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता‘ मा ७० महिनामै मुद्दती रकमको दुईगुणा रकम भुक्तानी हुने बैंकले जनाएको छ । महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकहरुले ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता’ खोल्न सक्नेछन् । ग्राहकहरुको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै यो …

पुरा पढ्नुहॊस »

यी हुन् एक अर्बदेखि पाँच अर्ब कमाउने बैंक

काठमाडौं । लगानीयोग्य वित्तीय स्रोतको अभाव भइरहेका बेला वाणिज्य बैंकहरूले नाफा कमाएका छन् । विदेशी मुद्राको अभाव र आयातमा भएको कर्जा वृद्धिले बैंकहरू वित्तीय स्रोतको अभावमा छन् । तर, गएको आर्थिक वर्षमा भने सबै बैंकहरूले उल्लेख्य नाफा कमाएका छन् । शनिबारसम्म २६ वटै वाणिज्य बैंकहरूले गएको आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । अघिल्लो आर्थिक वर्षमा ६० अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएका बैंकहरूले गएको आर्थिक वर्षमा …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको नाफा तीन अर्बभन्दा बढी

काठमाडाैं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेको छ। १२ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पुँजी र २१ अर्ब ९१ करोड रुपैयाँ इक्विटी रहेको यस बैंकले आफ्ना शेयरधनीहरूलाई २५.७१ प्रति शेयर आम्दानी दिनसफल भएको छ। बैंकले आर्थिक वर्ष २०७८/७९ मा मात्र प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल दुई अर्ब ९० करोड रुपैयाँ नेपाल सरकारको राजस्वमा योगदान पुर्‍याएको बताएको छ। बैंकले आर्थिक वर्ष २०७८/७९ …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकको नाफामा उछाल

काठमाडाैं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७८/७९ मा ९५ करोड १९ लाख ८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ। बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/०७९ को अपरिस्कृत वित्तीय विवरणअनुसार नाफा अघिल्लो आर्थक वर्ष २०७७/०७८ को तुलनामा ४४.२१ प्रतिशतले बढाएको हो। बैंकले अघिल्लो आर्थिक वर्षमा ६६ करोड मुनाफा आर्जन गरेको थियो। बैंकको खुद ब्याज आम्दानी १८.०८ प्रतिशतले बढेर १ अर्ब ८९ करोड २० लाख पुगेको छ। बैंकले असार मसान्तसम्म ४५ …

पुरा पढ्नुहॊस »

एनआइसी एसियाको एटिएमबाट चोरी गर्न खोज्ने पक्राउ

काठमाडाैँ । पोखरामा एटीएम फटाएर पैसा चोरी निरन्तर भइरहेको छ । पोखरा २६ को एनएमबी बैंकको एटीएम फुटाएर पैसा चोरेको भिडियो भाइरल भइरहेको अवस्थामा अहिले पुनः पोखरा १७ को एनआइसी एसिया बैंकको एटिएमबाट चोरी गरिरहेको अवस्थामा एकजना पक्राउ परेका छन् । शुक्रबार एटीएम फुटाएर चोर्दै गरेको अवस्थामा पर्वतको कुश्मा नगरपालिका ३ का २३ वर्षीय कृष्ण विक पक्राउ परेका हुन् । उनले यसअघि पनि माछापुच्छ्रे बैंकको एटीएम फुटाएका थिए । सोही …

पुरा पढ्नुहॊस »

राष्ट्र बैंकले नेपाली र अङ्ग्रेजी भाषा सम्पादक माग्यो, के चाहिन्छ योग्यता ?

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले भाषा सम्पादक माग गरेको छ । नेपाल राष्ट्र बैंक प्रकाशन निर्देशिकाअनुसार भाषाविद् सम्पादक हरूको सूची तयार गर्ने प्रयोजनका लागि बैंकले दरखास्त माग गरेको हो । इच्छुकले भदौको १० गतेसम्म दरखास्त दिन सक्नेछन् । नेपाली भाषाविद्का लागि नेपाली भाषा मुख्य विषय लिइ कम्तीमा स्नातकोत्तर वा स्नातकोत्तरभन्दा धेरैको शैक्षिक योग्यता भइ एक वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ । विद्यावारिधि उपाधि हासिल गरेको, अर्थशास्त्र, बैंकिङ तथा व्यवस्थापन विषयमा …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकले ल्यायो १० गुणा प्रतिफल प्राप्त हुने ‘सिटिजन्स चिरायु मुद्दती योजना’

काठमाडौं । विगत डेढ दशक देखी सर्वसाधारणलाई गुणस्तरिय र सुरक्षित सेवा तथा सूविधा दिदै आएको सिटिजन्स बैंकले २०७९, श्रावण २१ गते थप आकर्षक मुद्दती योजना ‘सिटिजन्स चिरायु मुद्दती योजना’तथा ‘रेमिटेन्स चिरायु मुद्दती योजना’ खाताको शुरु गरेको छ। । यी मुद्दती योजनाहरु बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सौराहा, चितवनमा आयोजित ३ दिने लिडरशीप डेभलपमेन्ट तथा क्यापसीटी बिल्डीङ कनक्लेभ भन्ने एक कार्यक्रमका बीच आजको मिति देखि नै शुरुवात भएको घोषणा गरे …

पुरा पढ्नुहॊस »

बैंकहरूले ब्याजदर नबढाउने

काठमाडौँ । बैंकहरुले तत्कालका लागि ब्याजदर नबढाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार एक निर्देशन जारी गर्दै व्याजदर खुकुलो बनाउने नीति लिएको भए पनि बैंकहरुले भने तत्कालका लागि ब्याजदर नबढाउने निर्णय लिएका हुन् । शुक्रबार बसेको बैंकर्स संघको बैठकले यसअघिको ११.३ प्रतिशत ब्याज नै कायम राख्ने निर्णय गरेका हुन् । फागुनदेखि नै बैंकहरुले यो ब्याजदर कायम गरेका हुन् । तर, बैंकहरुले संस्थागततर्फको व्याजदरभने १०.०३ प्रतिशत लिँदै आएकोमा त्यसलाई घटाएर …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकको खुद मुनाफा ५ अर्ब २१ करोड

काठमाडौँ । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७८-७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरु प्रकाशित भएको छ । बैंकले यस अवधिमा रु. ५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा बैंकको खुद मुनाफा ३ अर्ब ७९ करोड रुपैंया रहेको थियो । यस अवधिमा बैंकको कर्जा लगानी तथा गुणस्तरमा उल्लेखनीय सुधार भई ब्याज आम्दानी बढेकाले खुद मुनाफा बढेको हो । आ.व. …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकले सुरु गर्‍याे छात्रवृत्ति कार्यक्रम, कक्षा १२ सम्म निरन्तर प्रदान गर्ने

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘ग्लोबल आईएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको छ । बैंकको ‘ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम अन्तर्गत यस वर्ष बैंकले विभिन्न सामुदायिक (सरकारी) विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्नवर्गका ३५ जना जेहनदार छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । यी छात्राहरूलाई कक्षा १२ सम्मको अध्ययनका लागि बैंकले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने बताइएको छ । यस कार्यक्रमबाट …

पुरा पढ्नुहॊस »