काठमाडौं । साताको दोस्रो दिनको शेयर कारोबारमा बजार परिसूचक नेप्से ५७.९९ अंकले घटेको छ । सोमबार नेप्से परिसूचक २६ सय ३९.९२ को बिन्दुमा ओर्लिएको हो ।
बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब १८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९० करोडको कारोबार भएको छ ।
आज कारोबारमा आएका ३१९ कम्पनी मध्ये २३ वाटको मात्रै मूल्य बढेको छ भने बाँकि सबैको मूल्य घटेको छ । आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप, कुमारी बैंक, गुडविल फाइनान्स र नेपाल फाइनान्स रहेका छन् ।
प्रतिकृया दिनुहॊस