नेपाल लाइफद्वारा लगानी विस्तार, हाइड्रोपावरमा ५० करोड लगानीको सम्झौता

काठमाडौं । बीमा बजारमा अग्रणी स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्सले पछिल्लो समय बिभिन्न क्षेत्रमा लगानी विस्तार गरिरहेको छ। केहि समयअघि प्रोएड एजुकेशन ग्रुपमा लगानी सम्झौता गरेको नेपाल लाइफले हाइड्रो परियोजनामा ५० करोड लगानीको सम्झौता गरेको छ।

नेपाल लाइफले मध्य मेवा र सेवा खोला परियोजना निर्माण गरिरहेको मेवा डेभलपर्स लिमिटेडमा ५० करोड लगानीको सम्झौता गरेको हो। नेपाल लाइफले प्रति कित्ता एक सय रुपैयाँका दरले ५० लाख कित्ता खरिदको लागि ५० करोड लगानी गरेको हो।

नेपाल लाइफले कात्तिक १ गते लगानी सम्झौता सम्पन्न गरेको हो। नियामक नेपाल बीमा प्राधिकरणको स्वीकृति लिएर लगानी गरिएको नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रबिण रमण पराजुलीले जनाएका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रभु महालक्ष्मी लाइफका कर्मचारीको तलब भत्ता १६ प्रतिशतले बढ्यो

prabhu_mahalaxmi

प्रतिकृया दिनुहॊस