सांकेतिक तस्बिर

शर्ट सर्किटको कारण SERES विद्युतीय सवारीमा धुवाँ निस्कियो

काठमाडौं । सोमबार एक SERES ब्राण्डको विद्युतीय सवारीसाधन (EV) मा प्राविधिक खराबीका कारण शर्ट सर्किट भई धुवाँ निस्किएको छ । गाडीमा देखिएको नियमित प्राविधिक समस्याको समाधान नभएपछि सर्भिस सेन्टरमा ल्याइएको थियो ।

प्रारम्भिक अनुसन्धान अनुसार, गाडीलाई विगतमा अनधिकृत सेवा केन्द्रमार्फत् मर्मत सम्भार गरिएको हुन सक्ने देखिएको छ, जसका कारण शर्ट सर्किट भएको हुनसक्छ । सर्भिस सेन्टरमा ल्याइएका बेला शर्ट सर्किट भएकोले गाडीबाट धुवाँ निस्किए पनि गम्भीर क्षति भने भएको छैन ।

कम्पनीका अनुसार गाडीको ब्याट्री र मोटरमा कुनै समस्या नरहेको छ र थप अनुसन्धान भइरहेको छ । कम्पनीले यस घटनामा सुरक्षाका सबै उपायहरू लागू गरेको छ र विद्युतीय सवारीसाधनमा उच्च सुरक्षा सुविधाहरू रहेका कारण ग्राहकहरूले आफ्नो गाडीको मर्मत तोकिएको सेवा केन्द्रमा मात्रै गराउन आग्रह गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको मूल्यमा नयाँ रेकर्डः प्रतितोला १ लाख ६५ हजार ६ सयमा कारोबार

काठमाडौं । सुनको मूल्य निरन्तर उकालो लागिरहेकाे छ । आज साेमबार छापावाल सुन प्रतितोला १ …

प्रतिकृया दिनुहॊस