सिभिल बैंक र चरक मेमोरियल हस्पिटलबीच सम्झौता

काठमाडौं । सिभिल बैंक लिमिटेड र पोखराको चरक मेमोरियल हस्पिटलबीच बैंकका ग्राहकहरूलाई छुट दिने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार सिभिल बैंकका ग्राहकहरूले पोखराको चरक मेमोरियल हस्पिटलमा २०% सम्म छुट पाउनेछन् ।

सम्झौतापत्रमा बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख समीर केसी र हस्पिटलका तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मीले हस्ताक्षर गरेका छन् । फार्मेसीमा ५ प्रतिशत, ल्याब-बेड, रेडियोलोजी तथा अपरेसनमा लाग्ने शुल्कमा १० प्रतिशत र होलबडी चेकअपमा २० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

सिभिल बैंकका ग्राहकहरूले हस्पिटलको बिलको भुक्तानी गर्दा मोबाइल बैंकिङ एपमार्फत डिजिटल पेमेन्ट गर्नुपर्ने हुन्छ । आगामी दिनहरूमा बैंक र हस्पिटलको संयुक्त पहलमा पोखराको विभिन्न स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गर्न सकिने गण्डकी प्रदेशका प्रमुख समीर केसीले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस