रश्मी

राष्ट्रिय वाणिज्य बैंक र खजुरा गाँउपालिका (बाँके जिल्ला) बीच सहकार्य

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र खजुरा गाँउपालिका (बाँके जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा मंगलबार खजुरामा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा  बैंकका लुम्बिनी प्रादेशिक प्रबन्धक आनन्द सुवेदी र खजुरा गाँउपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले हस्ताक्षर गरे। सम्झौतापछि गाँउपालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई …

पुरा पढ्नुहॊस »

दराज ११ /११ बिग सेल डे मा दराज अनलाईनबाट डिशहोम खरिदमा २० प्रतिशत 

काठमाडाैं ।  अन्तराष्ट्रीय ट्रेण्डलाई हेर्ने हो भने ११ /११ अर्थात नोवेम्वर ११ लाई २००९ देखी सपिङ महोत्सवको रुपमा मनाउन सुरु गरिएको हो । यसै सन्दर्भमा नेपालमा पनि उपभोक्ताहरुले अनलाईनबाट किनमेल गर्ने प्रचलन बढ्दो छ । र नेपालमा अनलाईन विक्रिसेवा सुरु गरेको अन्तराष्ट्रीय इकमर्स साईट दराजले पनि ११ /११ लाई विशेष छुट सहित ग्राहकहरुलाई सेवा दिने गर्दछ । दराज अनलाईनमा ११ /११ मा सुरुहुने सेलमा दराज अनलाईन मार्फत डिशहोम कनेक्सन, डिशहोम …

पुरा पढ्नुहॊस »

ट्रकको ठक्करबाट तीन जनाको मृत्यु

दाङ।दाङमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ ।   पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–४ मौरीघाटमा मंगलबार राती पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा५प ६७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । मृत्यु हुनेमा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहामगर, राप्ती–२ लालमझियाका १८ वर्षीय कसम पुनमगर र राप्ती–८ पिपरीका १८ वर्षीय दिनेश घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

पुरा पढ्नुहॊस »

आजको गोरखापत्र लोकसेवा सामाग्री पढ्नुहोस् ।

१. अमेरिकामा सन् २०२० नोभेम्बरमा सम्पन्न निर्वाचनमा राष्ट्रपति पदमा विजयी हुने व्यक्तित्व को हुन् ?  जोय बाइडेन – बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक पार्टीका उम्मेदवार तथा पूर्वउपराष्ट्रपति जोय बाइडेन अमेरिकाको ४६औँ राष्ट्रपतिमा निर्वाचित । – अमेरिकाको इतिहासमा तीन दशकपछि बहालवाला राष्ट्रपतिलाई पराजित गर्दै अर्को पार्टीका उम्मेदवार बाइडेन विजयी । यसअघि सन् १९९२ मा राष्ट्रपति जर्ज बुसलाई पराजित गर्दै बिल क्लिन्टन निर्वाचित हुनुभएको थियो । – ७७ वर्षीय …

पुरा पढ्नुहॊस »

१३औँ संस्करणको आईपीएल उपाधि मुम्बई इन्डियन्सलाई फाइनल खेलमा दिल्ली ५ विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) को १३औँ संस्करणको उपाधि मुम्बई इन्डियन्सले जितेको छ। मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले फाइनलमा पराजित गर्दै पाँचौँ पटक उपाधि हात पारेको हो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा दिल्लीले टस जित्दै पहिलो ब्याटिङ गरेको थियो। दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो। मध्यम लक्ष्य पछ्याएको मुम्बईले १८.४ ओभरमै ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। मुम्बईको सहज जितका लागि कप्तान तथा …

पुरा पढ्नुहॊस »

विश्वमा ३ करोड ६३ लाखभन्दा धेरैले जिते कोरोना, कति पुगे संक्रमित र मृतक ?

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका ३ करोड ६३ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ३ करोड ६३ लाख ९० हजार ४८४  जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत …

पुरा पढ्नुहॊस »

हिमाली भू-भागमा बदली, कस्तो रहला देशभरको आजको मौसम

काठमाडौं । अहिले हिमाली भू-भागमा आंशिका बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान का अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । आगामी तीन दिनको मौसम पूर्वानुमान कार्तिक २६ गते (बुधबार): दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कार्तिक २७ गते (बिहिबार): दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।   …

पुरा पढ्नुहॊस »

आज मंगलबार थप २ हजार ७३६ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७३६ जना संक्रमित भएका थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार १४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमित मध्ये १ लाख ६० हजार ५७७  जना उपचारपछि निको भएका छन्।

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको नयाँ शाखा बझाङको जयपृथ्वी नगरपालिकामा

काठमाडाैं । ग्लोबल आइएमई बैंकको नयाँ शाखा बझाङको जयपृथ्वी नगरपालिका वडा नं.- १० मा सञ्चालनमा आएको छ ।  शाखा  सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६२ पुगेको छ । ग्लोबल   आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७२ वटा जिल्लामा फैलिएको २६२ शाखा सञ्जाल सहित २३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३१ शाखा …

पुरा पढ्नुहॊस »

अमेरिकी राष्ट्रपति ट्रम्पले गरे रक्षामन्त्रीलाई बर्खास्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रक्षा मन्त्री मार्क इस्पेरलाई सोमबार बर्खास्त गरेका छन् । राष्ट्रपति चयनका लागि हालै भएको निर्वाचनमा दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गरेर पराजित भएका ट्रम्पले कार्यकाल सकिनै लागेका समय रक्षा मन्त्रीलाई बर्खास्त गरेका हुन् । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत इस्पेरलाई हटाइएको जानकारी दिएका छन् ।  तर उनलाई हटाउनुको कारण भने उनले स्पष्ट पारेका छैनन् । रक्षामन्त्री इस्पेरको बर्खास्तीलाई अप्रत्यासित र अस्वाभाविक मानिएको छ । राष्ट्रपति …

पुरा पढ्नुहॊस »