काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका ३ करोड ६३ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।
कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ३ करोड ६३ लाख ९० हजार ४८४ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १२ लाख ७९ हजार १५१ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ५ करोड १८ लाख २ हजार ५१८ छ ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ४५ हजार ७९९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या १ करोड ५ लाख५९ हजार १८४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ३५ हजार ५ सय ७४ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार ३ सय ४५ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २७ हजार ६१५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ५११ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ४४ हजार ६७९० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८६ लाख ३५ हजार ७५४ पुगेको हो ।
प्रतिकृया दिनुहॊस