रश्मी

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा बसन्त कुँवर

काठमाडौं । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुँवरलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएको हो। बिहीबार उनलाई प्रवक्ता तोकेको हो। उनलाई मोबाइल नम्बर ९८५१२-९२१११ र [email protected] मा सम्पर्क गर्न सकिने नेपाल प्रहरीले जनाएको छ।

पुरा पढ्नुहॊस »

पोखरामा थप दुई कोरोना संक्रमितको मृत्यु

पोखरा ।  पोखरामा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एकजना र कास्की सेवा अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो । मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका– १३ का ६६ वर्षीया महिलाको बुधबार राति ९ः३० बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । …

पुरा पढ्नुहॊस »

आज थप १ हजार ९४८ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या २ लाख २६ हजार नाघ्यो

काठमाडौं ।आज बुधबार १ हजार ९४८  जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा बुधबार थप १  हजार ९४८ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २  लाख २६  हजार २६  पुगेको छ भने आज २८  जनाको मृत्यु भएको छ। संक्रमित मध्ये २ लाख ७ हजार ९९८ जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल …

पुरा पढ्नुहॊस »

नागढुङ्गामा ट्रकले किचेर एक जनाको मृत्यु

काठमाडौं ।    काठमाडौंको नागढुङ्गामा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ट्रकका साहु  सुनसरीका ३४ वर्षीय योगेन्द्रबहादुर विष्ट  रहेका छन् । ट्रकलाई मोड नपुगेपछि साहु विष्ट ट्रकबाट झरेर मोड मिलाउन खोज्दा पछाडिको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रकका चालक सुनसरीका ४२ वर्षीय गोविन्द माझीलाई नियन्त्रणमा लिएको छ ।

पुरा पढ्नुहॊस »

रइमा श्रेष्ठले जितिन् मिस टिन काठमाडौं आइकनको उपाधि

काठमाडौं । मिस टिन काठमाडौं आइकनको उपाधि रइमा श्रेष्ठले हात पारेकी छिन् । मिस टिन काठमाडौं आइकनको यो चौथौ सिजन रहेको आयोजकले जनाएका छन् । राइज एण्ड शाइन इन्टरटेन्मेन्टले आयोजना गरेको कार्यक्रममा सहभागीको उल्लेख्य सहभागीता रहेको थियो । उक्त कार्यक्रममा रइमा श्रेष्ठ मिस टिन काठमाडौं आइकन बन्न सफल भएकी थिइन् भने मिस टिन ग्ल्याम इन्टरनेसनलको उपाधी सुशिला थिङले हात पारिन् । यस्तै मिस टिन चार्मिङ इन्टरनेसनल मोनिका मगर बनिन् । …

पुरा पढ्नुहॊस »

चन्द्रागिरि हिल्सले साधारण शेयर बिक्री गर्ने

काठमाडौं ।  चन्द्रागिरि केबलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्स प्रालिले रु १५ करोड बराबरको १५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० मा साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ ।कम्पनीले मङ्सिर १७ गतेदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । आयोजना प्रभावित क्षेत्रमा काठमाडौँ जिल्ला अन्तर्गत चन्द्रागिरि नगरपालिका ३, ४, ६ र ७ साविक थानकोट गाविसका सम्पूर्ण वडा र साविक महादेवस्थान गाविसको वडा नं …

पुरा पढ्नुहॊस »

प्रतितोला १ हजारले घट्यो सुनको मूल्य

काठमाडौँ । बुधबार  सुनचाँदीको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामै १ हजारले घटेर ९१ हजार ५ सयमा   कारोबार भइरहेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९१ हजार ५०० र तेजाबी सुनको मूल्य ९१ हजार कायम रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ५ रुपैयाँले घट्दै १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको …

पुरा पढ्नुहॊस »

बर्दिवासमा भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी

महोत्तरी । ६ वर्षकी बालिकाको हत्यालाई लिएर तनावपूर्ण रहेको बर्दिवासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । मंगलबार भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका सञ्जय भनिने बुद्धिराज न्यौपाने  मृत्यु भएपछि तनाव बढ्दै गएपछि बर्दिबासमा आज निषेधाज्ञा जारी भएको छ। महोत्तरी प्रशासनले बर्दिवास नगरपालिकामा बुधबार बिहान ९ बजेदेखि भोलि बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको  हो । निषेधाज्ञा जारी भएको क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन पाउने …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकद्वारा ३ कम्पनीलाई अनुदान रकम हस्तान्तरण

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न ३  कम्पनीलाई १७ लाखदेखि साढे ५३ लाख रुपैयाँसम्मको अनुदान रकमको चेक हस्तान्तरण गरेको छ । बैंकद्वारा जर्मन सरकारबाट केएफडब्लु बैंकमार्फत प्राप्त अनुदान सहयोगमा संचालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’को अनुदान  सहयोग कार्यक्रम अन्र्तगत प्रिमियर अर्गानिक्स् प्रा.लि, हुलास स्टील इन्डस्ट्रिज प्रा.लि.र प्रिमियर स्टिल प्रा.लि.लाई  दिएको हो । बैंकले सहयोग कार्यक्रम अन्र्तगत प्रिमियर अर्गानिकलाई ५३ लाख ५१ हजार पाँच सय चौरासी रुपैंया, हुलास स्टील इन्डस्ट्रिजलाई ३३ लाख …

पुरा पढ्नुहॊस »

कामना सेवा उत्कृष्ट करदाताको रुपमा सम्मानित

काठमाडौं । कामना सेवा विकास बैंक आर्थिक वर्ष २०७६/२०७७ मा मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । कर दिवसको अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आन्तरिक राजस्व विभागद्वारा मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्र भित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको कामना सेवा विकास बैंकलाई उक्त मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित गरिएको हो । बैंकले आर्थिक वर्ष २०७४/०७५ मा पनि आन्तरिक राजस्व विभागद्वारा सबैभन्दा बढी आयकर दाखिला गरेवापत …

पुरा पढ्नुहॊस »