काठमाडौं । गरिमा विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १४.२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १३.५० प्रतिशत बोनस र ०.७१०५ प्रतिशत नगद (कर समेत) गरी कूल १४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वितरण गरिने जनाइएको छ ।
पुरा पढ्नुहॊस »एन आई सी एशिया लघुवित्त वित्तीय र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी सम्झौता
काठमाडाैं । कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका बीच गाभ्ने÷ गाभिने (मर्जर) सम्बन्धी अन्तीम समझौतापत्रमा आज एक समारोहका बीच हस्ताक्षर सम्पन्न भएको छ । मर्जर हुने यी दुबै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरु …
पुरा पढ्नुहॊस »२४ घण्टामा थपिए ६०८ जना कोरोना संक्रमित,९ को मृत्यु
काठमाडौं । आज शुक्रबार ६०८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप६०८ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु भएको छ। संक्रमित मध्ये २ लाख ४८ हजार २९२ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या …
पुरा पढ्नुहॊस »नक्साल तरकारी बजारमा क्यूआर कोडमार्फत् भुक्तानी सेवा सुरु
काठमाडौं । डिजिटल बैंकिङ्लाई प्रवर्द्धन गर्ने उद्देश्यले नक्साल तरकारी बजारमा क्युआर कोडबाट भुक्तानीको शुरुवात गरेको छ । नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा आज शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो सेवाको शुरुवात गरेका हुन् । एफवान सफ्ट इन्टरनेसनलको फोनपे मार्फत् उपभोक्ताहरुले बिल भुक्तानी गर्न सक्ने छन्। उक्त बजारमा उपभोक्ताहरुका लागि भायनेटले बजारमा नि:शुल्क वाइफाइ सेवा उपलब्ध गराएको छ। बजारका अधिकांश पसलहरुमा फोनपेको क्युआर कोड झुन्ड्याइएको छ। जसलाई …
पुरा पढ्नुहॊस »सर्वोच्च अदालतले सरकारसँग माग्यो संसद विघटन गर्नुको कारण
काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाकसहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो । आवश्यक कागजात ५ दिनभित्र अदालतमा पेश गर्न माग अधिवक्ताहरुले गरेका छन् । प्रधानमन्त्री केपी ओलीले पुस ५ गते हठात रुपमा संसद विघटनको निर्णय गरे लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेकी …
पुरा पढ्नुहॊस »कामना सेवा विकास बैंकको नयाँ शाखा शान्तीनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तारको क्रममा शान्तीनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा नयाँ शाखा स्थापना गरेकाे छ । बैंकका तर्फबाट अध्यक्ष सुदीप आर्चाय तथा क्याम्पसका तर्फबाट प्राडा. घमान सिंह खड्काले संयुक्त रुपमा विस्तारीत शाखाको समुद्घाटन गरेका थिए । अब बानेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसमा लाग्ने सम्पूर्ण शुल्क तथा दस्तुर विस्तारीत शाखाबाट नै भुक्तानी गर्नसक्नेछन् । साथै कामना सेवाका अन्य ग्राहकहरुले पनि यस एक्सटेन्शन काउन्टरबाट बैकिङ कारोबार गर्न सक्नेछन् …
पुरा पढ्नुहॊस »गायक प्रताप दासको ‘नौ तले घर’
गायक प्रताप दास र गायिका तुलसा लिम्बुको स्वरमा समावेश ‘नौ तले घर’को गीत सार्वजनिक गरिएको छ । गीतको भिडियोमा सरोज अधिकारी, आश्मा विश्वकर्मा, गम्भिर बिष्ट र करिष्मा सिंह ठकुरीले अभिनय गरेकी छिन्। गीतमा निरज श्रेष्ठको संगीत संयोजन रहेको छ।
पुरा पढ्नुहॊस »म्युजिक भिडियोमा अन्जु पन्तकी छोरी
काठमाडौँ । गायिका अन्जु पन्तको नयाँ गीत ‘धेरै माया नदेऊ मलाई’ मा उनकी छोरी परितोषिका पन्तले अभिनय गरेकी छिन्। भिडियोमा परितोषिलाई मोडेल कुन्साङ बोम्जनले साथ दिएका छन् । सुरेश वाग्लेको शब्दको यो गीतमा अन्जु पन्त आफैंले संगीत दिएकी छिन्। गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । गीतको भिडियो गायिका पन्तको अफिसियल ‘युट्युब च्यानल’ मार्फत सार्वजनिक गरिएको छ ।
पुरा पढ्नुहॊस »सगरमाथा इन्स्योरेन्स र पाेखराकाे हाेटल ल्याण्डमार्कबीच सम्झाैता
काठमाडाैं । सगरमाथा इन्स्योरेन्स र पाेखराकाे हाेटल ल्याण्डमार्क तथा काठमाडाैंकाे सम्राट टूर्स एण्ड ट्राभल्स प्रा.लि. बीच सम्झाैता भएकाे छ । उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा सम्राट टूर्स एण्ड ट्राभल्सको तर्फबाट सिएन पाण्डेले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात सगरमाथा इन्स्योरेन्स कम्पनीका कर्मचारी तथा भीआईपी कार्ड हाेल्डर बीमितले विभिन्न सेवामा विशेष छुट पाउने छन् ।
पुरा पढ्नुहॊस »सिद्धार्थ इन्स्योरेन्सले नेपाल स्टारको टप ८ सहित निर्णायकहरुको दुर्घटना बीमा गर्ने
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले नेपाल स्टारको उत्कृष्ट ८ मा पुग्न सफल ८ जना प्रतियोगी,नेपाल स्टारका निर्णायकहरु एवं निर्देशकको १ बर्षको दुर्घटना बीमा प्रदान गर्ने भएको छ । सो सम्झौता पत्रमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्री र कि एडभरटाजिङ सर्भिसका प्रबन्ध निर्देशक रबिन्द्र कुमार रिजालले एक कार्यक्रमकाबीच हस्ताक्षर गरे । सम्झौता कार्यक्रममा नेपाल स्टारका निर्णायक मण्डलका सदस्य वरिष्ठ संगीतकार आलोकश्री बरिष्ठ गायक रामकृष्ण ढकाल, बरिष्ठ गायिका अन्जु पन्त …
पुरा पढ्नुहॊस »