रश्मी

गायक राजेश पायल राईको ‘पुर्वै शहर’को भिडियो सार्वजनिक

गायक राजेशपायल राई र गायिका निलम रोजु राईको स्वर रहेको ‘पूर्वै शहर’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । निलमको संगीतमा रहेको छ । गीतको निर्देशन शन्त कुमार राईले गरेका हुन् । भिडियोमा सन्तोष राई र सलिना थापा मगरको अभिनय छ ।

पुरा पढ्नुहॊस »

तिहारमा कुनै पनि बैंकका शाखा नखुल्ने

काठमाडाैं । तिहारमा कुनै पनि बैंककाे शाखा कार्यलय नखुल्ने भएकाे छ । नेपाल बैंकर्स संघले तिहारको अवसरमा यहि कात्तिक २९ देखि मंसिर १ गतेसम्म बैंकहरु बन्द रहने जनाएको छ । संघले एटिएम तथा डिजिटल बैंकिङ सेवा निरन्तर हुने जनाएको छ ।

पुरा पढ्नुहॊस »

चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत  थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१९ का ७७ वर्षीय पुरूष छन् । उनको उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्यादेखिएपछि मेडिकल कलेजमा भर्ना भएका उनीमा २१ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी उच्च रक्तचाप, मधुमेह र मिर्गौलासम्बन्धी रोगबाट  पीडित थिए ।

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंक र पूर्व सशस्त्र प्रहरी संघबीच सम्झौता

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक र नेपाल पूर्व सशस्त्र प्रहरी संघबीच पेन्सनर कर्जा प्रवाह गर्ने सम्बन्धमा  सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र संघका अध्यक्ष किशोरकुमार लामाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात नेपाल पूर्व सशस्त्र प्रहरी संघले कर्जा आवश्यक भएका आफ्ना सदस्यहरुलाई बैंकमा सिफारिश गर्नेछ । बैंकले सिफारिश भएर आएका सदस्यहरुलाई बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही अधिकतम  १० लाख रुपैंयासम्म आधार दरमा …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकका ग्राहकहरुले संगम स्विटस् मा १० प्रतिशत छुट पाउने

काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकहरुले संगम  स्विटस् मा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले संगम स्विटस्का काठमाडौं उपत्यका भित्रका कुनैपनि शाखा बाट मिठाई लगायतका सामाग्री खरिद गर्दा १०५ छुट पाउने छन् । नजिकिदंै गरेको तिहारलाई लक्षित गरि ल्याइएको यो योजना बाट बैंकका ग्राहकहरु लाभान्वित हुने, विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा …

पुरा पढ्नुहॊस »

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत  प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य बनेका छन्। ऊर्जा मन्त्रालयले शाक्यलाई बरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो।  शाक्यले आजैदेखि  पद सम्हाल्ने   छन्। कुलमान घिसिङको कार्यकाल सकिएपछि मन्त्रालयले प्राधिकरणमा रहेका सिनियर उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई यसअघि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो ।

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंक लि. र एस. आर. एल. डायगनोस्टिक (नेपाल) प्रा. लि.बीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एस. आर. एल. डायगनोस्टिक (नेपाल) प्रा. लि. सँग  सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट महाराजगंज शाखाका प्रमुख  पल्लभ श्रेष्ठ र कम्पनीका तर्फबाट नायब बजार प्रमुख अजय यादवले हस्ताक्षर गरे । उक्त सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु तथा कर्मचारीहरुले एस. आर. एल. डायगनोस्टिक (नेपाल) प्रा. लि. मा उपचार गराउँदा प्रयोगशाला परिक्षणमा छुट …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकले कृषि व्यवसायीलाई १० करोडसम्म सहुलियत कर्जा दिने

काठमाडौं ।सिद्धार्थ  बैंकले कृषि तथा पशुपालन व्यवसाय प्रबर्दन तथा विकासमा टेवा पु¥याउने उद्देश्यका साथ १० करोडसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्न ‘व्यवसायीक कृषि तथा पशुपालन कर्जा’ योजना सञ्चालनमा ल्याएकोे छ । कृषि क्षेत्रको विकासमा मध्यनजर गर्र्दै बैंकले प्रवाह गर्ने यस कर्जा सुविधाले ग्राहकहरुलाई कृषि तथा पशुपालन व्यवसायमा संलग्न हुन अझ बढि हौसला पुग्ने र कृषि क्षेत्र बिस्तारै आधुनिकीकरण एवं व्यवसायीकरणतर्फ उन्मुख हुने विश्वास बैंकको रहेको छ । यस सहुलियतपूर्ण …

पुरा पढ्नुहॊस »

मेलोडी म्यूजिक ग्रुपको “आज किन” बोलको गीत सार्वजनिक

काठमाडौं । मेलोडी म्यूजिक ग्रुपको प्रस्तुतिमा “आज किन” बोलको गीत सार्वजनिक गरिएको छ । विगत ३ वर्षदेखि सामाजिक कार्यमा योगदान पु¥याउदै आएको गु्रपले विशेषगरी नयाँ प्रतिभालाई अवसर दिदै आएको छ । २०७४ सालमा पहिलो तीजको गीत “यसपालिको तीजमा” बोलको गीतसगै मेलोडी म्यूजिक गु्रपले ‘सांगीतिक यात्रालाई पु¥याउन माथी, एम.एम.जी गु्रप नै भरपर्दो साथी’ भन्ने नारा दिएर नेपाली सांगीतिक क्षेत्रमा उदायको हो । सोही गु्रपले सार्वजनिक गरेको दोस्रो गीत ‘आज किन’ मा …

पुरा पढ्नुहॊस »

आज शुक्रबार थप २ हजार ९०९ जनामा कोरोना पुष्टि

काठमाडौं ।आज शुक्रबार थप २ हजार ९०९  जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा शुक्रबार  थप  २ हजार ९०९  जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३      सय पुगेको छ भने आज १८  जनाको मृत्यु भएको छ। संक्रमित मध्ये १ लाख ५२ हजार ९०८  जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका …

पुरा पढ्नुहॊस »