रश्मी

रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ ।   कोरोना भाइरस संक्रमणबाट  रुपन्देहीमा एक पुरुषको मृत्यु भएको छ । मृत्यु  हुनेमा  सैनामैना नगरपालिकाका ७३ वर्षीय पुरुष छन् । मंसिर २० गते कोरोना संक्रमण पुष्टि भएका उनी २२ गते  भैरहवाको भीम अस्पतालमा भर्ना भएका थिए ।उनको उपचारका क्रममा मंगलबार राति ११ बजे मृत्यु भएको  हो ।  उनी  मुटु, उच्च रक्तचाप र मधुमेहका दीर्घ रोगी  थिए ।

पुरा पढ्नुहॊस »

ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

सप्तरी । सप्तरीमा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । रुपनी गाउँपालिका‍- ५ औद्योगिक क्षेत्रमा मंगलबार राति ना ४ त ८२३९ नम्बरको ट्याक्टर र अनटेष्ट लेखिएको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक   ३२ वर्षीय छोटेलाल यादवको मृत्यु भएको हो । ट्याक्टर चालकलाई   भने  प्रहरीले नियन्त्रणमा लिएको छ ।

पुरा पढ्नुहॊस »

बुधबार सुनको मूल्य घट्यो

काठमाडौँ । बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ७  सयले घटेर प्रतितोला  ९३ हजार ४  सयमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १२ सय १५ रुपैयाँ पुगेकाे छ ।

पुरा पढ्नुहॊस »

सानिमा बैंकले गर्यो औषधि उपचार बीमा भुक्तानी

काठमाडौं । सानिमा बैंकले दीर्घायु बचत योजना अन्तर्गत बैंकका बचतकर्ता यादव श्रेष्ठलाई औषधी उपचार बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकको न्यूरोड शाखामा दीर्घायु बचत खाता खोलेका काठमाडौं निवासी यादव श्रेष्ठले ४७ हजार २३० रूपैयाँको औषधी उपचार बीमा भुक्तानी पाएका हुन् । सानिमा बैंकको प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईंले सुस्वस्थ्य र दीर्घायुको कामना गर्दै उक्त चेक यादव श्रेष्ठलाई हस्तान्तरण गरे । दीर्घायु बचत योजनामा ग्राहकहरुले वार्षिक रु. ५ हजारको …

पुरा पढ्नुहॊस »

१२ औँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ को सर्वोत्कृष्ट पाँच मनोनयन सार्वजनिक

काठमाडौँ । १२ औँ नेश्नल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । विगत बाह्र वर्ष देखि बक्स अफिस ईन्टरनेशनल ग्रुपले नियमित रुपमा आयोजना गर्दै आइरहेको बाह्रौँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्डको संस्करणमा आर्थिक वर्ष २०७५/७६ मा प्रदर्शनमा आएको ब्लकबस्टर चलचित्र छक्का पन्जा ३ ले एवार्ड आयोजनाको जुरीको र आयोजक संस्थाको ३९ विधामध्ये २३ विधामा सर्वोत्कृष्टको दावी पेस गरेको छ । त्यसै गरी …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकका ग्राहकहरुले द फर्न रेसिडेन्सीमा विशेष छुट पाउने

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल  र द फर्न रेसिडेन्सी होटल, भरतपुर, चितवनबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट,क्रेडिट र प्रिभिलेज कार्डवाहकहरुले द फर्न रेसिडेन्सी होटलमा सेवा लिंदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र …

पुरा पढ्नुहॊस »

सार्क मुलुकबीच सहकार्यमा जोड

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबाट बाहिर निस्कन दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकबीच सामूूहिक प्रयासको आवश्यकता रहेको औँल्याउनुभएको छ । सार्क मुलुकको अध्यक्ष राष्ट्र नेपालका प्रधानमन्त्रीका हैसियतले सार्कको ३६औँ बडापत्र दिवस (चार्टर डे) का अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले महामारीको परिस्थितिबाट सामूूहिक रूपमा बाहिर आउन सार्क सदस्य मुलुकबीच थप ठोस प्रयास, सहकार्य र सहयोगको महìवमा जोड दिइरहेको छ भन्नुभयो । कोभिड महामारीले अभूतपूर्व चुनौती प्रस्तुत …

पुरा पढ्नुहॊस »

लोकसेवाद्वारा ३ सय ६० जना शाखा अधिकृतको विज्ञापन ( हेर्नुहोस् विज्ञापन सहित )

काठमाडौँ । लोकसेवा आयोगले शाखा अधिकृतको विज्ञापन खोलेको छ । बुधवार सूचना जारी गर्दै अप्राविधिक तर्फको शाखा अधिकृतमा विज्ञापन गरेको हो ।सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला  तर्फ  ३६०को लागि विज्ञापन  गरेको हो । न्याय सेवाको खुलातर्फ न्याय समूहमा ३६, कानुनमा ७, सरकारी वकिलका लागि २४ गरी जम्मा ६७ जनाको माग गरिएको छ । महिलातर्फ न्याय समूहमा १० कानुनमा २ सरकारी वकिलमा …

पुरा पढ्नुहॊस »

कोरोना भाइरस विश्वभर ६ करोड ८५ लाखभन्दा बढी संक्रमित, कति भए निको ?

काठमाडौं । विश्वभर ६  करोड  ८५   लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।पछिल्लो २४ घण्टामा ५  लाख ५३  हजार ८२२  जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ६  करोड ८५   लाख  ६१   हजार २४४   पुगेको हो । यस्तै एकैदिन थप ११   हजार ६९८   जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १५   लाख ६२   हजार ८७९    पुगेको छ । । वर्ल्डोमिटर्सको  तथ्यांक …

पुरा पढ्नुहॊस »

आजको मौसम कहाँ कस्तो रहला ? यस्तो छ पूर्वानुमान

काठमाडौं ।अहिले प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ र बाँकि स्थानहरुमा मौसम सामान्यतय सफा रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव  नेपालमा परेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान मंसिर २४ गते (बुधबार) दिउँसो : प्रदेश नं १, प्रदेश न २, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । राती : प्रदेश नं १ र बागमती …

पुरा पढ्नुहॊस »