चार देशका राजदूतले लिए राष्ट्रपतिबाट शपथ

काठमाडौं । नव नियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहका बीच आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथ लिनेहरूमा लोकदर्शन रेग्मी–अमेरिका, डा. शैल रूपाखेती–जर्मनी, डा. नरेशविक्रम ढकाल– साउदी अरेबिया र चित्रलेखा यादव– अष्ट्रेलिया हरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारी वकिल कार्यालय रविको बयान जारी, पोखरा फर्काइने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिलको कार्यालय …

प्रतिकृया दिनुहॊस