नेप्से परिसूचक ९.९९ अङ्कले घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । बिहीबार ८ दशमलव ३० अंकले घटेको बजार आइतबार ९ दशमलव ९९ अंकले घटेर २ हजार ७३८ दशमलव ०५ विन्दुमा बन्द भएको हो ।

आइतबार ८ अर्ब ८३ करोड २२ लाख रुपैयाँ बराबरको १ करोड ६७ लाख ६७ हजार कित्ता शेयर खरिद विक्री भएको छ । आइतबार कारोबारमा आएका कम्पनीहरुमध्ये ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ वटाको घटेको छ । ३ वटाको शेयर मूल्य स्थिर छ ।

आइतबार ५ वटा कम्पनीको शेयमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एक्सल डेभलपमेन्ट बैंकको भएको छ । बैंकको ३४ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

क्रिकेटको उमङ्गसँगै एनसेलले ल्यायो आकर्षक एनपीएल फ्यान प्याकहरु

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पार्वड बाई एनसेल सुरु हुँदैछ । एनपीएलका …

प्रतिकृया दिनुहॊस