रिलायबलद्वारा ४ करोड बीमा दावी भुक्तानी हस्तान्तरण

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चार करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

बुधवार बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमित हरि प्रसाद पन्तकी श्रीमती परु देवी पन्तलाई चेक हस्तान्तरण गरि दाबी भुक्तानी गरेका हुन् ।

मृतक पन्तले डेढ वर्ष अगाडि ४ करोड रुपैयाँको सुलभ जीवन बीमा योजना खरिद गरेका थिए । पन्तको हृदयघातका कारण मृत्यु भएको थियो।

उक्त कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा दावी भुक्तानी पाइँदैन, झन्झटिलो प्रकृया छ भन्ने कथनलाई रिलायबल लाइफले गलत सावित गरेको बताए ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

आईएमई लाइफ इन्स्योरेन्सको खुद नाफा ३३ करोड

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको …

प्रतिकृया दिनुहॊस