माछापुच्छ्रे बैंक र सेल्सबेरीबीच व्यावसायिक सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र सेल्सवेज क्यास एन्ड क्यारी प्रालि (सेल्सबेरी एन्ड सेल्सवेज) बीच डिजिटल कारोबारलाई प्रोसाहन गर्ने उद्देश्यले सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा सेल्सबेरीको तर्फबाट अध्यक्ष सुशीलमान प्रधानाङ्ग तथा माछापुच्छ«े बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु थापाले हस्ताक्षर गरेका हुन्।

सम्झौतापश्चात् सेल्सवेज क्यास एन्ड क्यारी प्रालिसँग आबद्ध सेल्सबेरी एन्ड सेल्सवेजका आउटलेटहरुबाट सामान खरिद गर्दा बैंकका ग्राहकहरुले विभन्न डिजिटल माध्यमबाट जस्तै क्युआर वा पस (पीओएस) मेसिनमार्फत डेबिट÷के्रडिट कार्ड प्रयोग गरी डिजिटल भुक्त्तानी गर्न सक्नेछन्।

यसैबीच बैंकले हरेक हप्ताको सोमबारका लागि मन्डे म्याडनेस योजना सञ्चालन गरिरहेको छ।

यसअन्तर्गत हरेक सोमबार बैंकको डेबिट वा क्रेडिट कार्डको प्रयोग गरी पीओएस वा इ–कमबाट पेमेन्ट गर्दा २३ प्रतिशत वा रु. १२३ डेबिड कार्डमा र क्रेडिट कार्डमा २३ प्रतिशत वा रु. २२३ सम्म छुट पाउन सकिनेछ।

यो योजना हरेक सोमबार बिहान ७ बजेदेखि १० बजेसम्म कार्डबाट गरिएका कारोबारमा मात्र लागू हुने कम्पनीले जनाएको छ। माछापुच्छ्रे बैंक लि.ले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ।

माछापुच्छ«े बैंक लि.ले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०६ एटीएममार्फत १४ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितलाई सिटिजन्सको सहयोग

काठमाडौं । सिटिजन्स बैंकले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ …

प्रतिकृया दिनुहॊस