सानिमा बैंकले ल्यायो नारी बचत खातामा विशेष योजना

काठमाडौं । सानिमा बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘बचत र क्यासब्याक सँगसँगै’ योजना सार्वजनिक गरेको छ।

उक्त योजना आगामी चैत १ गतेसम्म लागू हुनेछ। योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग जारी गरिने बैंकले जनाएको छ।

यसका साथै, उक्त ग्राहकहरुलाई कार्ड वा क्युआर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा ५ सय रुपैयाँसम्मको क्यासब्याक प्रदान गरिनेछ। क्यासब्याक २०७९ चैत १७ गतेसम्म गरिने कारोबारमा लागू हुने बैंकले जनाएको छ।

सानिमा बैंकले नारीहरुको सम्मानमा यो योजना ल्याएको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितलाई सिटिजन्सको सहयोग

काठमाडौं । सिटिजन्स बैंकले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ …

प्रतिकृया दिनुहॊस