सानिमा बैंकले ल्यायो नारी बचत खातामा विशेष योजना

काठमाडौं । सानिमा बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘बचत र क्यासब्याक सँगसँगै’ योजना सार्वजनिक गरेको छ।

उक्त योजना आगामी चैत १ गतेसम्म लागू हुनेछ। योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग जारी गरिने बैंकले जनाएको छ।

यसका साथै, उक्त ग्राहकहरुलाई कार्ड वा क्युआर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा ५ सय रुपैयाँसम्मको क्यासब्याक प्रदान गरिनेछ। क्यासब्याक २०७९ चैत १७ गतेसम्म गरिने कारोबारमा लागू हुने बैंकले जनाएको छ।

सानिमा बैंकले नारीहरुको सम्मानमा यो योजना ल्याएको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री