कोरिया जानेको डिजिटल भुक्तानीसम्बन्धी काम आईएमई पेले गर्ने

काठमाडौं । आईएमई पे र वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाबीच सम्झौता भएको छ। सम्झौताअनुसार ईपीएस कोरिया शाखामार्फत नेपाली श्रमिकहरुलाई कोरिया पठाउने प्रक्रियाका लागि डिजिटल भुक्तानीसम्बन्धी कार्यको प्रवर्द्धन आईएमई पेले गर्ने भएको हो।

नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग अन्तर्गत स्थापना भएको ईपीएस कोरिया शाखद्वारा श्रम बजारमा देखिएको समस्या समाधान गर्न नेपाली श्रमिकहरुलाई कोरिया पठाउँदै आएको छ र सोही प्रक्रिया सम्पन्न गर्नका लागि आवेदनको दस्तुर तथा अन्य दस्तुरहरु आइएमई पेबाट भुक्तानी गर्न सक्नेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री