टियु क्रिकेट मैदानको स्तर उन्नति गरिने

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले खेल क्षेत्रको पुर्बधार विकासका लागि एक अर्ब ३० करोड बजेट छुट्ट्याएको घोषणा गरेका छन् ।

मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पुनले खेल क्षेत्रको पूर्वाधार विकासको लागि एक अर्ब ३० करोड बजेट छुट्याएको घोषणा गरेका हुन् ।

उनले टियु क्रिकेट मैदानको स्तर उन्नति गरिने बताए । साथै गौतम बुद्ध रंगशालालाई प्रदेश र स्थानीय तहको सहकार्यमा निर्माण गरिने बताए । खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड बजेट बिनियोजन गरेको उनको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

तेस्रो डिएभी बिसीए इन्टर कलेज फुटसल कपको तयारी पूरा

काठमाडौं । निर्धारित मिति अनुसार पुष २९ गते सुरु हुने डिएभी बिसीए कलेजको तेस्रो संस्करणको …

प्रतिकृया दिनुहॊस