नेपाललाई विवाह गन्तव्य बनाइने, जनकपुर ‘वेडिङ हब’

काठमाडाै । नेपाललाई पर्यटकीय विवाह गन्तव्य बनाइने बजेटमा उल्लेख गरेको छ। प्रतिनिधि सभाको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भनेकाे हुन् । नेपालमा वैवाहिक समारोह आयोजनाको लागि आउने पर्यटकलाई सांस्कृतिक र पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यको रूपमा घोषणा गरिने अर्थमन्त्री पुनले बताए।

जनकपुरलाई वेडिङ हब र लुम्बिनीलाई बर्थिङ हब बनाउने सरकारको तयारी छ । त्यस्तै सरकारले पुराना ट्रेकिङ रूटको मर्मतसम्भार गर्ने र सम्भावित जोखिम क्षेत्रमा पर्यटकीय उद्धार केन्द्र स्थापना गरिने बताएको छ। यस्ता पर्यटन पूर्वाधारको लागि पाँच अर्ब ४६ करोड रूपैयाँ बजेट छुट्याएकाे वताएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती र गण्डकी प्रदेशको थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds