नेशनल लाईफको नयाँ बोनस दर सार्वजनिक

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७८/७९ को बीमाङ्कीय प्रतिवेदनका आधारमा कम्पनीको मुनाफामा सरिक हुने गरी क्म्पनीले जारी गरेको तीन प्रकारका बीमालेखमा नयाँ बोनस दर निर्धारण गरेको हो ।

बीमालेख धारण गर्ने अवधिका आधारमा कम्पनीले प्रति हजार न्यूनतम ६३ रूपैयाँदेखि अधिकतम ८५ रूपैयाँसम्मको बोनस दर निर्धारण गरेको हो । कम्पनीले हाल सावधिक जीवन बीमालेख, सावधिक तथा आजीवन बीमालेख र अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख जारी गरेको छ । तीनमध्ये सावधिक जीवन बीमालेख र सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले अधिकतम ८५ रूपैयाँसम्म बोनस दिने भएको हो ।

सावधिक जीवन बीमालेखमा ९, १० देखि १४ वर्ष र १५ देखि २० वर्ष अवधिसम्मको बीमालेखमा कम्पनीले प्रतिहजार ६४ रूपैयाँ बोनस दर कायम गरेको छ । त्यस्तै २१ वर्षदेखि २५ वर्षको बीमालेखमा ७० रूपैयाँ ,२६ वर्षदेखि २९ वर्षसम्म र ३० वर्ष वा सोभन्दा माथीको बीमालेखमा ८५ रूपैयाँ बोनस कम्पनीले दिने भएको छ ।

सावधिक जीवन बीमालेख अन्तर्गत १५ देखि २० वर्ष अवधिको लागि सबैभन्दा बढी १ लाख ८७ हजार ७८६ ओटा बीमालेख विक्री भएको छ । अधिकतम बोनस दर रहेको सावधिक जीवन बीमालेख भने २ हजार ४८३ ओटा विक्री भएको छ ।

कम्पनीले सावधिक तथा आजीवन बीमालेखमा अधिकतम ८५ रूपैयाँ बोनस दर निर्धारण गरेपनि हालसम्म एउटा पनि यो बीमालेख विक्री भएको छैन् । सावधिक तथा आजीवन बीमालेखमा ९ वर्ष, १० देखि १४ वर्ष र १५ देखि २० वर्ष अवधिका लागि ६४ रूपैयाँ बोनस दर निर्धारण गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्सको पुनर्जागरण अभियान सुरु

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट …

प्रतिकृया दिनुहॊस