रविमाथि राहदानी मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध राहदानी प्रकरणमा मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट पेस गरिएको छ । सिन्धुलीका युवराज पौडैल ‘सफल’ले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट पेस गरेका हुन् ।

उनी अधिवक्तासमेत हुन् । रिट दर्ता गर्ने/नगर्ने विषयमा सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन् । पौडेलले नै यसअघि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए ।

रिटको पूर्णपाठ :- पूर्णपाठ

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री