देशभर थप ३८ जनामा कोरोना संक्रमण, १९४ पुगे सक्रिय संक्रमित

काठमाडौं । थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरबाट ७०१ नमूना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १८५ र एन्टीजेनबाट ५१६ नमुना परीक्षण गर्दा पीसीआरबाट ३७ र एन्टिजेनबाट १ को रिपोर्ट पोजिटिभ आएको हो ।

यो अवधिमा १४ जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या १९४ पुगेको छ । मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री