News desk

नेपाल आउँदै सामसङ ग्यालेक्सी ए३४ र ए५४ फाइभजी

काठमाडाैं । सामसङले नयाँ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजी फोन नेपाल ल्याउने भएको छ। विश्वव्यापी रुपमा बिक्री सुरु भइसकेका यी फोनहरु कम्पनीले नेपालमा पनि ल्याउने भएको हो। यी फोनमा तीन लेन्सयुक्त रेअर क्यामरा र नाइटोग्राफी जस्तो मुख्य विशेषताहरु छन्। कम्पनीका अनुसार दुवै स्मार्टफोनहरु तिनीहरुको प्रारम्भिक लेन्सका साथ केही अपग्रेडका साथ आएका छन्। ग्यालेक्सी ए३४ फाइभजी ४८ एमपी प्राइमेरी क्यामरा र २ एमपी म्याक्रो लेन्सका साथ आएको छ। ग्यालेक्सी …

पुरा पढ्नुहॊस »

तोलामा १२ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । बुधबार तोलामा दुई हजार रुपैयाँले घटेको सुनको भाउ आज भने एक हजार दुई सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा १ लाख ९ हजार रुपैयाँ पुगेको छ । यसअघि गएको ५ गते आइतवार सुनको भाउ बढेर अहिलेसम्मकै उच्च १ लाख १० हजार रुपैयाँमा पुगेको थियो । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ६० रुपैयाँमा कारोबार …

पुरा पढ्नुहॊस »

अब समृद्धिको यात्रामा अघि बढ्ने सरकारको संकल्प छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले विकास र समृद्धिको यात्रामा दूत्र पाइला चाल्ने संकल्प लिएको बताएका छन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै बिहीबार उनले यस्तो बताएका हुन् । ‘प्रतिनिधिसभाबाट दोस्रोपटक विश्वासको मत प्राप्त गरेपश्चात् राजनीतिक स्थिरता, सरकारको भविष्य र राजनीतिक वृत्तमा देखिएका अनेकौँ आशंकाहरू निवारण भएका छन्,’ उनले भने, ‘संविधान र लोकतन्त्रको रक्षा, सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा दृढतापूर्वक अगाडि बढिरहेको वर्तमान सरकार …

पुरा पढ्नुहॊस »

बेलायतको संसदीय प्रतिनिधि मण्डलद्वारा एनएमबी बैंकको भ्रमण

काठमाडौँ । सन् २०२३ मार्च १४ मा ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पियनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरु र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका सदस्य समुहले एनएमबि बैंकको भ्रमण गरेका छन् । एनएमबि बैंकको ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टसगँको सहकार्यपछि भएको प्रगतिबारे अवलोकन गरी एनएमबि बैंकले कार्यान्वयन गर्दै आएको दिगो बैंकिङ्ग अभ्यासको जानकारी लिनु उक्त भ्रमणको मुख्य उद्देश्य रहेको बैंकले जनाएको छ । बैंकका अनुसार एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भ्रमणका …

पुरा पढ्नुहॊस »

गगन थापाको आग्रह- ‘फेक न्युज’को प्रवाह रोक्न सञ्चारमाध्यमले पहल गर्नुपर्‍यो

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘फेक न्युज’को प्रवाह रोक्न सञ्चारमाध्यमले सघाउनुपर्ने बताएका छन् । सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सामाजिक सञ्जालबाट हुने ‘फेक सूचना’ र गलत भाष्य निर्माणलाई रोक्न सरकारलाई आमसञ्चार माध्यमले सघाउनुपर्ने बताएका हुन् । फेक न्युजको प्रवाह रोक्न र समुदायलाई त्यस्तो गलत सूचनाबाट जोगाउन सामुदायिक रेडियोको भूमिका महत्त्वपूर्ण हुने महामन्त्री थापाको भनाई छ । ‘विगतमा सामाजिक सञ्जालबाट हुने घृणा रोक्ने विधेयकविरुद्ध संशोधन लैजाने …

पुरा पढ्नुहॊस »

३२ महिनादेखि अलपत्र ‘काठमाडौं प्लाजा’ महानगरले १० वर्षलाई भाडामा लियो

काठमाडौँ । करिब ३२ महिनादेखि अलपत्र अवस्थामा रहेको कमलादीस्थित ‘काठमाडौँ प्लाजा’को भवन भाडामा लागेको छ । नेपाल ट्रस्टको स्वामित्वमा रहेको भवन काठमाडौँ महानगरपालिकाले १० वर्षसम्मका लागि भाडामा लिएको हो । भवन भाडामा लिने/दिने सम्बन्धमा ट्रस्टको कार्यालय र महानगरबीच बुधबार हस्ताक्षर भएको छ । ट्रस्टका सहसचिव विष्णुराज ढकाल र महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सम्झौतामा हस्ताक्षर गरे । काठमाडौँ महानगरले ट्रस्टलाई मासिक ६० लाख ५० हजार रुपैयाँ भाडा दिने गरी …

पुरा पढ्नुहॊस »

सामुदायिक वनका अध्यक्ष थारुसहित आठ जना पक्राउ, ५२ लाख हिनामिनाको आरोप

काठमाडाैँ । बाँकेको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । घाटगद्दीमा रहेको करिब ५२ लाख बराबरको सामुदायिक वनको काठ हिनामिना गरेको स्थानीयले उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश खड्काका अनुसार सयम भवानी सामुदायिक वन उपभोक्ता समितिका सचिव आरती वैश्य, कोषाध्यक्ष मैयासरी थारु, सदस्य कमला केसी, मानबहादुर विक, रामकली थारु, खडगबहादुर ओली …

पुरा पढ्नुहॊस »

लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने ‘मुड’मा माओवादी

काठमाडौँ । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले केन्द्रमा फेरिएको सत्ता समीकरण अनुसार प्रदेशमा पनि नयाँ गठबन्धन सरकार बनाउन समर्थन फिर्ता लिन लागेको बताए । आजसम्म समर्थन फिर्ता लिएर सरकार ढाल्ने बरालको भनाई छ । एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय लिन आज माओवादी संसदीय दलको बैठक बोलाइएको छ । ‘आज दलको …

पुरा पढ्नुहॊस »

डा चन्द्र भण्डारीलाई दिन थालियो सामान्य आहार, भेटघाट अझै निषेध

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई सामान्य आहार दिन सुरु गरिएको छ । बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट घाइते भएपछि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत भण्डारीलाई सामान्य आहार दिन सुरु गरिएको हो । आगलागीबाट गम्भीर घाइते हुनुभएका डा भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको र अनुहारको छाला राम्रो हुँदै गएको डा भण्डारीका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिए । ‘डा भण्डारीको …

पुरा पढ्नुहॊस »

घाँस काट्न जाँदा गैंडाको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौँ । नवलपुरको देवचुलीमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । देवचुलीस्थित महाराजा सामुदायिक वनमा घाँस काट्न गएकी देवचुली–१० पृथ्वीनगरकी ६१ वर्षीया दरिमाया थापाको गैंडाको आक्रमणबाट मृत्यु भएको हो । बुधबार दिउँसो गैंडाले आक्रमणबाट गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा मृत्यु प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »