गगन थापाको आग्रह- ‘फेक न्युज’को प्रवाह रोक्न सञ्चारमाध्यमले पहल गर्नुपर्‍यो

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘फेक न्युज’को प्रवाह रोक्न सञ्चारमाध्यमले सघाउनुपर्ने बताएका छन् । सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सामाजिक सञ्जालबाट हुने ‘फेक सूचना’ र गलत भाष्य निर्माणलाई रोक्न सरकारलाई आमसञ्चार माध्यमले सघाउनुपर्ने बताएका हुन् ।

फेक न्युजको प्रवाह रोक्न र समुदायलाई त्यस्तो गलत सूचनाबाट जोगाउन सामुदायिक रेडियोको भूमिका महत्त्वपूर्ण हुने महामन्त्री थापाको भनाई छ । ‘विगतमा सामाजिक सञ्जालबाट हुने घृणा रोक्ने विधेयकविरुद्ध संशोधन लैजाने मै हुँ । जबकि सामाजिक सञ्जालबाट सबैभन्दा गाली खाने व्यक्ति पनि म हुँ । तर मैले अभिव्यक्ति स्वतन्त्रभन्दा ठूलो ममाथिको गाली होइन भनेर विरोध गरेको थिएँ । आज मेरो भूमिका फेरिएको छ, मेरै पार्टीको सरकारले भोलि त्यही विधेयक ल्याउन सक्छ तर सञ्चार क्षेत्र स्थायी प्रतिपक्ष हो,’ उनले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपत्यकालगायत मुख्य सहरमा घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण …

प्रतिकृया दिनुहॊस