बरामद गरिएको सुन जोख्न राष्ट्र बैंक पठाइयो

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको अवस्थामा बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइएको छ । राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागमा पठाएको हो ।

समातिएको सुन करिब एक क्विन्टलभन्दा बढी रहेको भनिएपनि यकिन परिमाण भने खुल्न सकेको छैन । बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौँ आएको थियो । मोटरसाइकल र स्कुटरको ‘ब्रेक-सु’भित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो ।

यो प्रकरणमा अहिलेसम्म ६ जना पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा एक भारतीय नागरिकसहित ६ जना छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री