सन्दीप पाकिस्तान प्रिमियर लिगको ड्राफ्टमा पनि!

काठमाडाैं । पछिल्लो सयम अन्तर्राष्ट्रिय क्रिकेट लिगमा छाइरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान प्रिमियर लिग (पीएसएल) को ड्राफ्ट सूचिमा पनि परेका छन् । अस्टेलियाका पूर्व कप्तान स्टिभ स्मिथ, दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डे भिलियर्ससहित ५०० जना खेलाडी ड्राफ्टमा परेका छन् ।

अफगानिस्तानका रासिद खान, एबी डे भिलियर्स, क्रिश लिन, ब्याण्डम म्याकुलम, कोलिन मुनरो,ड्यान ब्राभो, सुनिल नाराने, किरन पोलार्ड, थिसारा परेरासहितका खेलाडीहरू प्लाटिनम क्याटेगोरीमा परेका छन् । पिएसएल आगामी सन् २०१९ को फेब्रुअरीमा युएईको दुबईमा आयोजना हुनेछ । विभिन्न ६ टोलीको सहभागिता रहने प्रतियोगिताको अघिल्लो संस्करणमा पनि सन्दिप ड्राफ्टमा परेका थिए ।

पछिल्लो एक वर्षमा सन्दीपलाई अन्तर्राष्ट्रिय लिग खेल्न भ्याई नभ्याई छ । इन्डियन प्रिमियर लिग (आइपीएलमा) दिल्लीबाट व्यवसायिक क्रिकेट खेल्न सुरू गरेका सन्दीपले ग्लोबल टी–२० क्यानडा, क्यारेवियन प्रिमियर लिग (वेष्टइन्डिज), अफगानिस्तान प्रिमियर लिग र युनाइटेड अरब इमिरेट्समा आयोजना हुने टी-१० मा पनि अनुबन्ध भईसकेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले ओमानलाई ५६ रनले हरायो

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ …

प्रतिकृया दिनुहॊस