News desk

केही दिनदेखि अमेरिकी डलरको मूल्य स्थिर

काठमाडाैं । अहिलेसम्मकै महंगो भएको अमेरिकी डलरको भाउ ३ दिनदेखि स्थिर रहेको छ । आईतबार १ अमेरिकी डलरको मूल्य गत शुक्रबार जस्तै १ सय १८ रुपैयाँ ३ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज आइतबार तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ कोे खरिददर १ सय १७ रुपैयाँ ४३ पैसा कायम भएको छ । अमेरिकी डलरसँगै अन्य विदेशी मुद्राको विनिमयदर राष्ट्र बैंकले यसप्रकार तोकेको छ । युरोपियन युरो १ …

पुरा पढ्नुहॊस »

डेढ लाख घुससहित बौद्ध प्रहरी प्रमुख पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्यामकुमार राईलाई रु एक लाख ४० हजार घुससहित पक्राउ गरेको छ । आयोगको टोलीले उनलाई शनिबार साँझ ८ बजे घुस रकमसहित कार्यालयबाटै पक्राउ गरेको हो । आयोगका प्रवक्ता रामेश्वर दङ्गालले प्रहरी नायब उपरीक्षक पक्राउ परेको जानकारी दिए । उनले भने, “एक व्यवसायीबाट घुस लिँदालिँदै आयोगको टोलीले उनलाई पक्राउ गरेको हो, यसबारे थप अनुसन्धान भइरहेको छ …

पुरा पढ्नुहॊस »

आजबाट नयाँ नोट साट्न पाइने, कहाँ-कहाँ पाइन्छ साट्न ?

काठमाडाैं । राष्ट्र बैंकले आजदेखि दसैं र तिहारका लागि नयाँ नोट साटिदिने व्यवस्था गरेको छ । बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुला गरेको हो । एक जनाले विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले प्रत्येक वर्ष दसैँको अवसरमा सर्वसाधारणको लागि नयाँ नोट सटही सेवा प्रदान गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र …

पुरा पढ्नुहॊस »

दुधालु गोरुः दैनिक दिन्छ एक माना दुध !

काठमाडाैं – पहिले कहींकतै नदेखेको-नसुनेको दूध दिने गोरु हेर्न आउनेको लर्को अझै घटेको छैन । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका इचोक पुरानागाउँस्थित दुधालु गोरु हेर्न आउनेहरुका लागि सेवा दिन र गोरुको संरक्षणका लागि गाउँपालिका आफैं जुटेको समाचार आजको कान्तिपुर दैनिकमा सिन्धुपाल्चोकबाट अनिश तिवारीले लेखेका छन् । पुरानागाउँमै गोरुका लागि घाँसपात, दानापानीको सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोरिरहेको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए । ‘दूधको थप ल्याब टेस्ट गर्न बाहिरी देश पठाउने तयारी गरिरहेका छौं,’ …

पुरा पढ्नुहॊस »

जीवन मरणको जोखिम मोल्दै यसरी पुग्छन् नेपाली युवा पैदल मार्गहुँदै अमेरिका

काठमाडाैं । अमेरिका धेरैको सपनाको भूमि हो। तर, अमेरिका पुग्न सजिलो छैन । मानव तस्करले मोटो रकम लिएर थुप्रै नेपालीलाई स्थलमार्गबाटै अवैध रूपमा अमेरिका पठाउने धन्दा रोकिएको छैन ।  यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा वासिंटन डिसीबाट चन्द्रशेखर अधिकारीले लेखेका छन् । अवैध गमन रोक्न सरकारले यसअघि प्रयास गरेको भए पनि कूटनीति र अन्तरनिकाय समन्वय अभाव रहेको परराष्ट्र अधिकारी नै स्विर्काछन्। ‘एक निकायले मात्र यो रोक्नै सक्दैन, सहकार्यबाट सम्भव छ,’ ती …

पुरा पढ्नुहॊस »

निर्मला बलात्कार र हत्या प्रकरण अनुसन्धानमै सीमित बन्ने छाँट

काठमाडाैं । सयौं अपराधी छुटून् तर एक जना निर्दोषले सजाय नपाओस्, त्यसै भनिएको होइन। त्यसैले चाहे जो कोही होस् अभियुक्त लुकाएर लुक्दैन र कानुनी राजका लागि पत्ता लगाउन जरुरी पनि छ। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६३ दिन पुगेको छ। तर हत्या अनुसन्धान शून्यमै छ । अनुसन्धान लम्बिँदै जाँदा घटना झन् रहस्यमय बन्दै गएको छ । हत्या भएलगत्तै प्रहरीले सुरुवाती अनुसन्धानमा लापर्बाही गर्दा कतिपय प्रमाण नष्ट भएका छन् । …

पुरा पढ्नुहॊस »

प्रदेश-२ को नाम र भाषामा विवादः मधेशवादी दल विरुद्ध नेकपा-कांग्रेसकाे अघोषित गठबन्धन

काठमाडाैं । प्रदेश-२ को राजधानी, नामकरण र भाषालाई लिएर विपक्षी दल नेकपा र कांग्रेस एक भएका छन् । दुवै दलले शुक्रबारको संसद् बैठक संयुक्त रूपमा अवरोध गरे । प्रदेशको राजधानी, नामकरण तथा भाषामा नेकपा र कांग्रेसको समान धारणा देखिएको खबर आजको नयाँ पत्रिका दैनिकमा जनकपुरबाट हदिश खुद्दारले लेखेका छन्। नेकपा र कांग्रेसका सांसदले शुक्रबारको प्रदेश सभामा सरकारको भनाइ र व्यवहार फरक देखिएको भन्दै बैठक अवरुद्ध गरेका थिए । प्रदेश सरकार गठन भएको झन्डै नौ …

पुरा पढ्नुहॊस »

सात जिल्ला हुँदै भारत पुग्छ अरुण तेस्रोको बिजुली

संखुवासभा । अरुण तेस्रो जलविद्युत् आयोजनाको ट्रान्समिसन लाइन सातवटा जिल्ला हुँदै भारत पुग्ने भएको छ । विद्युत् आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सतलजले भर्खरै ट्रान्समिसन लाइनको नक्सा बनाएको छ । आजको नयाँ पत्रिकामा समाचार छ । ट्रन्समिसन लाइन संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिरहा, धनुषा र महोत्तरी पार भएर भारत लगिनेछ । विद्युत् त्पादनस्थल दिदिङको पुखुवाबाट सतलजले हाइटेन्सन लाइनमार्फत बिजुली सिधै भारत पुर्‍याउनेछ । नक्सांकन बल्ल सकिएकाले अब हाइटेन्सनमा पर्ने जग्गाको मुआब्जा वितरण …

पुरा पढ्नुहॊस »

चाडपर्वको मुखमा व्यापारीको आफूखुसी मूल्य

विराटनगर । चाडपर्वको मुखमा खाद्य समाग्रीमा आफूखुसी मूल्य बढाउने प्रवित्तिलाई व्यापारीले निरन्तरता दिँदा पूर्वका सर्वसाधारणको भान्सा खर्च आकासिएको छ । ढुवानी खर्च र परल मूल्य बढेको भन्दै व्यापारीले खाद्यवस्तुमा आफूखुसी भाउ बढाएका छन् । आजको नागकि दैनिकमा समाचार छ । यसले चाडपर्वको मुखमा सर्वसाधारण महँगीको मारमा परेका छन् । विराटनगर, इटहरी, दमक, इलामलगायत ठाउँमा खाद्यवस्तुको मूल्य १० देखि ४० प्रतिशतसम्म बढेको छ ।

पुरा पढ्नुहॊस »

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, यी हुन् एजेण्डा

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टीको संशोधित विधान, नेपाल विद्यार्थी संघको विधानलगायत विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्य समिति बैठक डाकेको हो । यसअघि गत असोज १९ गतेका लागि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बोलाइए पनि तयारी नपुगेको भन्दै स्थगित भएको थियो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मूल पार्टीको विधानसँगै नेविसंघको विधान र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज दिउँसो २ बजे …

पुरा पढ्नुहॊस »