केही दिनदेखि अमेरिकी डलरको मूल्य स्थिर

काठमाडाैं । अहिलेसम्मकै महंगो भएको अमेरिकी डलरको भाउ ३ दिनदेखि स्थिर रहेको छ । आईतबार १ अमेरिकी डलरको मूल्य गत शुक्रबार जस्तै १ सय १८ रुपैयाँ ३ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले आज आइतबार तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ कोे खरिददर १ सय १७ रुपैयाँ ४३ पैसा कायम भएको छ । अमेरिकी डलरसँगै अन्य विदेशी मुद्राको विनिमयदर राष्ट्र बैंकले यसप्रकार तोकेको छ । युरोपियन युरो १ को खरिददर १ सय ३५ रुपैयाँ ४७ पैसा छ भने बिक्रीदर १ सय ३६ रुपैयाँ १६ पैसा कायम भएको छ ।

पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ५३ रुपैयाँ ५६ पैसा छ भने बिक्रीदर १ सय ५४ रुपैयाँ ३४ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ ३३ पैसा छ भने बिक्रीदर ८३ रुपैयाँ ७६ पैसा कायम भएको छ । जापानिज यन १० को खरिददर १० रुपैयाँ ३४ पैसा छ भने बिक्रीदर १० रुपैयाँ ३९ पैसा छ । साउदी अरेबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ३९ पैसा छ भने बिक्रीदर ३१ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३४ पैसा छ भने बिक्रीदर ३२ रुपैयाँ ५० पैसा कायम भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) दिह्राम १ को खरिददर ३२ रुपैयाँ ५ पैसा छ भने बिक्रीदर ३२ रुपैयाँ २२ पैसा कायम भएको छ । मलेसियन रिङ्गेट १ को खरिददर २८ रुपैयाँ ३९ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

दक्षिण कोरिया वान १ सयको खरिददर १० रुपैयाँ ४२ पैसा छ भने बिक्रीदर १० रुपैयाँ ४७ पैसा कायम भएको छ । छिमेकी राष्ट्र भारतसँगको विनिमय दर भने स्थिर नै छ । राष्ट्र बैंकले तोकेको विदेशी विनिमयदरभन्दा निजी बैंक तथा वित्तिय संस्थाहरू भने महँगोमा कारोबार गर्न सक्छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रारामा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्दै, हेलिप्याडको पनि सुविधा

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । …

प्रतिकृया दिनुहॊस