विश्वविख्यात कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षमा निधन

एजेन्सी । अमेरिकाका पूर्व विदेशमन्त्री हेनरी किसिन्जरको निधन भएको छ । उनको १०० वर्षको उमेरमा कनेक्टिकटस्थित आफ्नै घरमा निधन भएको हो ।

किसिन्जरलाई राजनीतिज्ञ र प्रसिद्ध कूटनीतिज्ञका रूपमा चिनिन्छ । उनले राष्ट्रपति रिचर्ड एम. निक्सन र जेराल्ड फोर्डको शासनकालमा अमेरिकी विदेश नीतिमा अभूतपूर्व काम गरेका थिए ।

उनी विदेशमन्त्री हुनुका साथै ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा सल्लाहकार पनि थिए । यी दुवै पद एकै साथ सम्हालेका किसिन्जर एक मात्र नेता हुन् । अमेरिकी विदेश नीतिमा उनको नियन्त्रण कुनै पनि अमेरिकी राष्ट्रपतिको भन्दा बढी रहेको बताइन्छ ।

सन् १९३८ मा किसिन्जर जर्मनीबाट भागेर यहुदी आप्रवासीको रूपमा अमेरिका आइपुगेका थिए । राजनीतिमा आउनुअघि उनी हार्वर्डमा पढाउँथे ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- सम्बन्ध सबै समाप्त, योभन्दा अपराध अरु केही हुन सक्दैन

काठमाडौं । सुदुरपश्चिमको मन्त्रीमण्डल बिस्तारपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले चर्को असन्तुष्टि पोखेका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जालमा लगातार स्टाटस लेख्दै असन्तुष्टि पोखेका हुन् ।

प्रतिकृया दिनुहॊस