News desk

मन्त्री निवासमा असुरक्षा महसुस, पुल्चोक क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक आसपासको क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितद्वारा जारी आदेशमा पुल्चोकस्थित मन्त्री निवास र युएन हाउस क्षेत्रको सुरक्षा संवेदनशीलताका लागि भन्दै निषेधित क्षेत्र तोकिएको हो । प्रजिअ पण्डितले जारी गर्नुभएको आदेशमा भनिएको छ, ‘मङ्सिर ५ गतेदेखि आगामी ६ महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नाराजुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका …

पुरा पढ्नुहॊस »

टिकटक बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौँ । सरकारले टिकटक बन्द गरेको निर्णयविरुद्धको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । सरकारको निर्णय विरुद्ध परेका १० रिट उपर मंगलबार न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो । टिकटक बन्द गर्ने नेपाल सरकारको कात्तिक २७ गतेको निर्णंयले संविधानको धारा १७(२(क) ले सुनिश्चित गरेको विचार र अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भएको दावी गर्दै दशवटा रिट निवेदन शुक्रबार दायर भएका …

पुरा पढ्नुहॊस »

टिकटकको विकल्पमा नेपाली भिडियो एप ‘रमाइलो’

काठमाडौं । नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि मोबाइल एप ‘रमाइलो’ सार्वजनिक भएको छ । नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईडिया जार डिजिटल कम्पनीले सञ्चालनमा ल्याएको सो एपमा भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाईक, कमेन्ट र शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत दिएको छ । कम्पनीले कन्टेन क्रियटरलाई पनि केही समयपछि कन्टेन र लोकप्रियता अनुसार निश्चित रकम दिँदै …

पुरा पढ्नुहॊस »

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । सेयर बजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ । मंगलबार २३.८२ अंकले ओरालो लागेको सेयर बजार १८२९.६५ विन्दुमा आएर बन्द भएको छ । यसदिन ३१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०१ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर रहेको छ । यस दिन ३६ लाख ७५ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ९५ करोड ४ लाख ७९ हजार ५८३ रुपैयाँको कारोबार भएको छ ।

पुरा पढ्नुहॊस »

माइतीघर-बानेश्वर निषेधित क्षेत्र तोक्ने निर्णयविरुद्ध सर्वोच्चमा पर्‍यो रिट

tea/शिक्षकसँगको सम्झौता कार्यान्वयन गर्न ३५ अर्ब लाग्ने

काठमाडौँ । माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता स्वागत नेपालले मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटको पेशी बुधबारका लागि तोकिएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबारदेखि लागू हुने गरी ३० दिनका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो …

पुरा पढ्नुहॊस »

वित्त अनुदानको बेथिति रोकेर राज्यकोषमा लैजाने व्यवस्था गर्छौं : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुकूलन, उत्थानशीलता र हानि तथा नोक्सानी अवधारणा प्रवर्द्धनमा आउने वित्त अनुदानमा हुने बेथितिलाई रोक्न सरकारी बजेटरी प्रणालीमा वित्त अनुदान ल्याउने बताएका छन् । अर्को साता यूएईमा हुने संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्मेलनको २८औं संस्करण (कोप-२८) को सन्दर्भमा आज वन मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले नेपालमा जलवायु न्यायस्वरुप नेपालले पाउने अनुदान सरकारको नियमनमा …

पुरा पढ्नुहॊस »

बल्खुमा कार्यक्रम गर्न दुर्गा प्रसाईंलाई प्रशासनको अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ ले मंसिर ७ गते गर्न लागेको प्रदर्शनको कार्यक्रमस्थल बल्खुमा तोकिएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार प्रसाईं नेतृत्वको टीमसँगको छलफलपछि बल्खुमा प्रदर्शनस्थल तोकिएको बताए । युवा संघ र प्रसाईं पक्षले मंसिर ७ गते माइतीघर मण्डलमा कार्यक्रम गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुवै पक्षलाई बोलाएर सोमबार छलफल गरेको थियो । …

पुरा पढ्नुहॊस »

काठमाडौंमा नक्कली नोटसहित दुई महिला पक्राउ

काठमाडौँ । काठमाडौंबाट नक्कली नेपाली नोटसहित दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा शंखरापुर नगरपालिका–७ कोलागाल डेरा गरी बस्ने सिन्धुपाल्चोक जलविरेकी ४९ वर्षीया सिर्जना थापा र बूढानीलकण्ठ नगरपालिका–१२ कपन डेरा गरी बस्ने ओखलढुंगा कुईवीर गाउँपालिका–४ की ४१ वर्षीया मैया कुमारी घिमिरे रहेका छन् । सिर्जनाको साथबाट १ हजार दरको १ सय ४० थान र कुमारीको साथबाट १ हजार दरको २१ थान नक्कली नोट बरामद भएको छ । सिर्जना र …

पुरा पढ्नुहॊस »

विश्वका १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्शना कपाली

काठमाडौं । बीबीसीले विश्वभरका १०० प्रभावशाली, प्रतिभाशाली र प्रेरक महिलाको सूची सार्वजनिक गरेको छ । यो सूचीमा नेपालकी रुक्साना कपाली पनि परेकी छन् । बीबीसीको यो सूचीमा पर्ने उनी एकमात्र नेपाली हुन् ।

पुरा पढ्नुहॊस »

जाजरकोटमा निमोनियाबाट एक महिने शिशुको मृत्यु

child-death/एकै घरका दुई बालिकाको सर्पले डसेर मृत्यु

काठमाडौँ । चिसोबाट जाजरकोटमा एक महिने शिशुको मृत्यु भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन हो । भेरी–२ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीका अनुसार तीन दिनअघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । निमोनियाले बिरामी परेकी निरुताको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए । चिसोबाट जाजरकोटमा …

पुरा पढ्नुहॊस »