News desk

नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा

काठमाडाैं । नबिल बैंकले किओस्क मेसिनमार्फत चेक क्लियरिङ्ग गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ। यस सुविधा मार्फत ‘आउटवार्ड क्लियरिङ’ चेक अब ग्राहक स्वयंले किओस्क मार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्नेछन्। यो सुविधासँगै अब ग्राहकले आफ्नो समय अनुकुल पारि कार्यालय समय बाहेकका समयमा पनि बिना झन्झट चेक डिपोजिट गर्न सक्नेछन। यो सेवाबाट ग्राहकको समयको बचत तथा स्वचालित र स्फुर्त रुपमा कारोबार हुने हुनाले यसबाट आफ्ना ग्राहकहरुले पूर्ण रुपमा …

पुरा पढ्नुहॊस »

बुद्ध एयरले नवविवाहित जोडीलाई टिकट उपहार दिने

काठमाडौं । बुद्ध एयरले नवविवाहित जोडीहरूलाई टिकट उपहार दिने भएको छ । बुद्धले मंसिर तथा पुस महिनाको विवाहपञ्चमीभित्र नवविवाहित जोडीलाई काठमाडौं-पोखराको दुईतर्फी उडान टिकट उपहार दिन लागेको हो । कम्पनीकाअनुसार यसका लागि बुद्धको जहाजसँग बेहुला बेहुलीको तस्विर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग वा पोष्ट गर्नुपर्नेछ । जसमध्ये बुद्धले १० जोडीलाई पोखराको दुईतर्फी टिकट उपहार दिनेछ ।

पुरा पढ्नुहॊस »

सरावलमा शिक्षकले ९ वर्षीया विद्यार्थीलाई निर्घात कुटे

काठमाडौं । पश्चिम नवलपरासी सरावल गाउँपालिकास्थित एक विद्यालयका सहायक प्रधानाध्यापकले नौ वर्षीया छात्रालाई घरमै गएर निर्घात कुटपिट गरेका छन् । सरावल-७ बर्गदवामा रहेको बर्दघाट कालिका इङलिस स्कुलमा अध्ययनरत ती बालिकालाई विद्यालयका शिक्षक निरञ्जन यादवले निर्घात कुटपिट गरेका हुन् । कक्षा १ मा अध्ययनरत नौ वर्षीया कञ्चना राजभरलाई विद्यालयको सहायक प्रधानाध्यापक समेत रहेका यादवले लौरोले पिठ्युँमा निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट बालिकाको शरीरमा राताराता नीलडामहरू बसेका छन् । बालिकाको घरमा …

पुरा पढ्नुहॊस »

एनसेलले दूरसञ्चार प्राधिरणलाई पठाएको पत्रमा के छ ?

काठमाडौं । एनसेल आजियटा लिमिटेडले शेयर खरिदबिक्रीसम्बन्धी कागजात सङ्कलनको क्रममा रहेकाले चाँडै त्यसबारे नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी दिने भन्दै पत्र पठाएको छ । अर्थ समितिको आजको बैठकमा दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शेयर खरिदबिक्रीबारे एनसेलसँग जानकारी माग गरिएकामा त्यसको जवाफ प्राप्त भएको बताए । उन अनुसार एनसेलको शेयर खरिदबिक्रीबारे जानकारी मागसहित प्राधिकरणले मङ्सिर १५ गते पत्राचार गरेकोमा मङ्सिर १९ गते त्यसको जवाफ प्राप्त भएको छ । शेयर खरिदबिक्रीसँग सम्बन्धित …

पुरा पढ्नुहॊस »

रविको चुनौती- एनसेल किनबेचमा कुन नेताले कति पैसा खाए, छानबिन गर्न तयार हो ?

काठमाडाैँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले एनसेलको शेयर खरिदबिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेलबाट कुन नेताले कति रकम बुझेका छन् खुला छानबिन गर्न तयार हाे भन्दै प्रश्न गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले एनसेलको शेयर खरिदबिक्रीको कुरा गम्भीर रहेको र नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गरेकाे थियाे …

पुरा पढ्नुहॊस »

न्यूरोडको सुन गाल्ने कारखानामा प्रहरीको छापा, बरामद सुन जोखिँदै

काठमाडौँ । काठमाडौँको न्यूरोडस्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेको छ । गएराति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मारेको हो । प्रहरीले कारखानाबाट सुन पनि बरामद गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले पाण्डेलाई पक्राउ गरेर सुन जोख्ने कार्य भइरहेको बताए । ‘अनुमानित ७ किलो सुन प्रक्रिया पुर्‍याएर जोख्ने काम सकिएपछि यकिन परिमाण आउनेछ,’ उनले भने । कारखानाबाट …

पुरा पढ्नुहॊस »

महिला सचिवको संख्या ९ पुग्यो, को कहाँ कार्यरत ? (सूचीसहित)

काठमाडौं । पछिल्लो समय राज्यको नीति निर्माण तहमा महिलाको सङ्ख्या उल्लेखनीय रूपले बढ्न थालेको छ । राष्ट्रिय किताबखानाको तथ्याङ्क हेर्दा निजामती सेवामा महिलाको सहभागिता २७ प्रतिशतको हाराहारीमा पुगेको देखिन्छ । हालैमात्र परराष्ट्र मन्त्रालयको कायममुकायम सचिवको जिम्मेवारी सेवा लम्सालले पाएकी छिन् । लम्साल सचिव बढुवा भएको खण्डमा महिला सचिव ९ पुग्नेछन् ।

पुरा पढ्नुहॊस »

फेरि घट्यो सुनको मूल्य, बुधबार कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ ।  नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला एक लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले घटेको हो । यसदिन छापावाला सुन प्रतितोला एक लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य २० रुपैयाँले घटेको छ …

पुरा पढ्नुहॊस »

मेस्सी टाइम म्यागेजिनको वर्ष खेलाडी घोषित

काठमाडाैँ । अर्जेन्टिनाका विश्व चर्चित स्टार लियोनल मेस्सी प्रतिष्ठित टाइम म्यागेजिनको वर्ष खेलाडी घोषित भएका छन् । गत जुलाईमा मियामीमा आबद्ध भएका मेस्सीले १४ खेलमा ११ गोल गर्दै टोलीलाई पहिलो ट्रफीका रूपमा लिग्स कपको उपाधि दिलाएका थिए । ३६ वर्षीय खेलाडीले गत अक्टोबरमा कीर्तिमानी आठौँ बालोन डी’ ओरको उपाधि पनि हासिल गरेका थिए । ‘लियोनेल मेस्सीले इन्टर मियामीमा यो वर्ष आबद्ध भएपछि अमेरिकालाई फुटबल राष्ट्रमा परिणत गरे, जुन कुरा असम्भव …

पुरा पढ्नुहॊस »

प्रलोभनमा परी युद्धग्रस्त मुलुकको सेनामा भर्ती हुन नजान आग्रह

काठमाडौँ । सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ती नगर्न रुसलाई आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले कुनै नेपाली नागरिकलाई भर्ती भएमा त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत रुस सरकारसँग अनुरोध गरेको छ । मन्त्रालयले रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने छ जना नेपाली नागरिकको नाम पनि सार्वजनिक गरेको छ । ज्यान गुमाउने नेपाली नागरिकमा गोरखाका सन्दीप थपलिया, वाणगङ्गा-१ कपिलवस्तुका रूपक कार्की, कास्की पोखराका देवान राई, स्याङ्जा पुतलीबजार-५ …

पुरा पढ्नुहॊस »