मेस्सी टाइम म्यागेजिनको वर्ष खेलाडी घोषित

काठमाडाैँ । अर्जेन्टिनाका विश्व चर्चित स्टार लियोनल मेस्सी प्रतिष्ठित टाइम म्यागेजिनको वर्ष खेलाडी घोषित भएका छन् ।

गत जुलाईमा मियामीमा आबद्ध भएका मेस्सीले १४ खेलमा ११ गोल गर्दै टोलीलाई पहिलो ट्रफीका रूपमा लिग्स कपको उपाधि दिलाएका थिए । ३६ वर्षीय खेलाडीले गत अक्टोबरमा कीर्तिमानी आठौँ बालोन डी’ ओरको उपाधि पनि हासिल गरेका थिए ।

‘लियोनेल मेस्सीले इन्टर मियामीमा यो वर्ष आबद्ध भएपछि अमेरिकालाई फुटबल राष्ट्रमा परिणत गरे, जुन कुरा असम्भव भनिन्थ्यो,’ टाइमले भनेको छ । टाइम म्यागजिनका अनुसार मेस्सीको आगमनले रंगशालामा दर्शकको सङ्ख्या बढ्नुका साथै टिको मूल्य, मर्चेन्डाइज बिक्री र एमएलएसको दर्शकको सङ्ख्यामा वृद्धि भएको छ ।

यसअघि जिम्नास्ट सिमोनी बाइल्स, एनबीए सुपरस्टार लेब्रोन जेम्स, पौडीबाज माइकल फेल्प्सले यो उपाधि हासिल गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कप्तान सुनील क्षेत्रीले लिए सन्न्यास

काठमाडौँ । भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् …

प्रतिकृया दिनुहॊस