प्रधानमन्त्रीलाई कांग्रेसले भन्यो- तपाईँको उथलपुथल कति दिन रहन्छ, हेरौँला !

काठमाडौं । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले सबैलाई धोका दिँदै हिँडेको र कुनै दिन ती धोका खाएकाहरू मिले भने के होला भन्ने हेक्का राख्न चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै लेखकले दाहालकै चरित्र चित्रण गर्दै आगामी दिनको सम्भावनाबारे उल्लेख गरे । ‘हेक्का राख्नुहोस् ! तपाईंले धोका दिएकाहरू सबै एकजुट भए तपाईंको हालत के होला ?’

उनले १४ महिनामा तीनपटक फेरबदल भएको उल्लेख गर्दै उनले सबैलाई धोका दिएको बताए । ‘जनताले दिएको आफ्नो जिम्मेवारीबाट भाग्ने काम भयो । यो राजनीतिक बेइमानी हो । मुलुकलाई श्रृखलाबाद्ध अस्थिरतातर्फ लैजाने काम भयो,’ उनले भने ।

प्रमुख सचेतक लेखकले उथलपुथल गर्छु भन्नेबारे इतिहासले देखाउने चुनौती पनि दिए । ‘तपाई मभन्दा बढ्ता देशलाई चाहिने नेता हो । जहाँसम्म उथलपुथलको कुरा गर्नुभएको छ नि, सबै मान्छेले सबै कुरा बुझिरहेका छन्,’ उनले भने, ‘यो उथलपुथल कति दिन रहन्छ इतिहासले देखाउला ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस