५ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको पाँच लाख २५ हजार १८ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी रुबिका अग्रवालको नाममा रहेको ७५ हजार १८ कित्ता र बलराम न्यौपानेको नाममा रहेको चार लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउने बैंकले जनाएको छ । शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको शेयर रजिष्ट्रार, कुमारी कुमारी क्यापिटल लिमिटेड नक्साल-काठमाडौं वा बैंकको प्रधान कार्यालय टंगाल काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

उक्त अवधिभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री