काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवा प्रयोगकर्ताले डाटा अन गरी सिभिल बैंकको मोबाइल बैंकिङ एपमार्पmत फन्ड ट्रान्सफर, क्यूआर पेमेन्टलगायत फिचरहरूको उपयोग गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ ।
यो सेवा आउँदो पुस २० गतेदेखि लागु हुनेछ । सिभिल बैंकका तर्फबाट चिफ बिजिनेस भोलाबहादुर विष्ट र नेपाल टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यममार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीतिबमोजिम ग्राहकको सुविधालाई मध्यनजर गर्दै यो सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया




