News desk

भारतीय विश्वविद्यालयसँग ‘एसपीए’को भगिनी सम्बन्ध कायम, विद्यार्थी आदानप्रदान गरिने

काठमाडाैँ । दक्षिण भारतको प्रसिद्ध भारत विश्वविद्यालय (इन्स्टिच्युट अफ हाइअर एडुकेसन एण्ड रिसर्च, बेहर) र धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)बीच भगिनी सम्बन्ध स्थापना भएको छ । सम्झौता पत्रमा एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्याय र भारत विश्वविद्यालयका नामले परिचित बिहेरका उपकुलपति प्राध्यापक डा. बैकण्टेस बाबुले हस्ताक्षर गरे । सम्झौताअनुसार दुवै संस्थाबीच विद्यार्थी तथा प्राध्यापक आदानप्रदान, छात्रवृत्ति वितरण, पाठ्यसामग्री तथा पुस्तकहरू तथा अनुसन्धान सामाग्रीहरूको आदानप्रदान हुनेछ । ‘अध्ययन, अनुसन्धानका दुवै शैक्षिक संस्थाबीच …

पुरा पढ्नुहॊस »

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडाैँ । नेपाली बजारमा आइतबार सुनको भाउमा सामान्य वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो । यससँगै छापावाल सुनको भाउ प्रतितोला एक लाख ५ सय रुपैयाँ पुगेको छ । त्यस्तै तेजावी सुनको भाउ प्रतितोला एक लाख रुपैयाँ पुगेको छ । आइतबार चाँदीको भाउ भने स्थिर देखिएको छ । चाँदी प्रतितोला १३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहॊस »

सरकार गठनबारे विश्वप्रकाश शर्मा- ‘२-२-१ मा परिपक्वता छ’

काठमाडौँ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकार गठनबारे प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमा सहमती जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत कांग्रेस सभापतिसमेत रहेका देउवाको प्रस्ताव परिपक्व रहेको बताएका हुन् । दुई–दुई वर्ष कांग्रेस र माओवादी अनि एक वर्ष नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व गर्ने प्रस्तावमा परिपक्वता रहेकोले यसको इमान्दार कार्यान्वयनका लागि उनले आग्रह गरेका छन् । उनले भनेका छन्, ‘२-२-१ मा परिपक्वता छ । तर, इमानदार कार्यान्वयनका लागि पारदर्शी एकता …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीको टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक

काठमाडौं । नयाँ सरकार निर्माणमा भागबण्डाको सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्रीबारे सहमति जुटाउनका लागि शनिबार बसेको बैठक बिना निष्कर्ष सकिएपछिआज पुन: बालुवाटारमा बैठक बस्न लागेको हो । नेताहरुले आजको बैठकलाई ‘निर्णायक’ भनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समयसीमा साँझ ५ बजे सकिन लागेकाले सो अघि नै सहमति जुटाउन पहल हुने गठबन्धनका नेताहरुको भनाइ छ । प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी …

पुरा पढ्नुहॊस »

दक्षिणकालीमा पानी ट्याङ्कर दुर्घटना : एकको मृत्यु, दुई जना घाइते

काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका–२ इँटाभट्टामा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । हिजो बेलुका साढे ६ बजे बा ३ ख ६६५६ नम्बरको पानी ट्याङ्कर दुर्घटना हुँदा ट्याङ्करमै रहेका सिन्धुलीका २१ वर्षका रविन वाइबाको ज्यान गएको प्रहरीले जनाएको छ । वाइबाको बयोधा अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । यस्तै, घाइते भएका दुई जनाको पनि यही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । …

पुरा पढ्नुहॊस »

बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेतको निधन

काठमाडौँ । बुद्ध एयरका संस्थापक सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ । बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष बस्नेतको ९५ वर्षको उमेरमा आइतबार निधन भएको हो । ७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत जोड्ने कार्यको सुरूवात उनले गरेका थिए । बुद्ध एयरले विज्ञप्तिमार्फत बस्नेतको निधनले असल अभिभावक गुमाएको जनाएको छ । भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेत बनारस हिन्दु विश्वविद्यालयबाट एमए एलएललबी अध्ययन गरी नेपाल सरकारको विभिन्न …

पुरा पढ्नुहॊस »

गठबन्धन विघटनको डिलमा

काठमाडौँ । नयाँ सरकारमा प्रधानमन्त्री को ? कांग्रेस सभापति शेरबहादुर देउवा कि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ? सहमति बनाउन नसक्दा सत्ता गठबन्धन विघटनको डिलमा पुगेको छ । शनिबार बालुवाटारमा भएको बैठकमा पनि देउवा र दाहाल आ–आफ्नो अडानबाट पछि हटेनन् । अपराह्न ४ बजे बैठक बोलाइए पनि त्यसअघि नै एकअर्कालाई दबाबमा राख्न दुवै पक्षबाट सन्देश र संकेत आदानप्रदान भइरहे । दिउँसो १२ बजे बालुवाटारमा उपस्थित हुन भनेर कांग्रेस सांसदहरूलाई सूचना गरिएको थियो । सांसद चन्दा चौधरीले सांसदहरूलाई …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ २८ पैसा र बिक्री दर १३२ रूपैयाँ ८८ पैसा रहेको छ । युरो एकको खरिद दर १४० रूपैयाँ ३९ पैसा र बिक्री दर १४१ रूपैयाँ ०३ पैसा रहेको …

पुरा पढ्नुहॊस »

धुञ्चेमा वाणिज्य बैंकको शाखा स्थापना

काठमाडाैँ । राष्ट्रिय वाणिज्य बैंकले हिमाली जिल्ला रसुवाका स्थानीय बासिन्दालाई आफ्नो सेवा प्रदान गर्न धुञ्चेमा शाखा विस्तार गरेको छ । बैंकले करिब चार वर्ष अगाडि कालिकास्थानमा पहिलो शाखा स्थापना गरी सेवा सुरुआत गरेको थियो । नव निर्वाचित प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामे तथा बैंक सञ्चालक समितिका सदस्य लक्ष्मण घिमिरे संयुक्त रुपमा शनिबार बाणिज्य बैंक धुञ्चे शाखा कार्यालयको शुभारम्भ गरे । योसँगै बैंकले सबैखाले कारोबार सेवा खुला समेत गरेको छ । शाखाले उत्तरी …

पुरा पढ्नुहॊस »

आज ‘क्रिसमस डे’ मनाइँदै, सार्वजनिक बिदा

काठमाडौं । आज क्रिसमस डे । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशीयाली मनाउन परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदै छन् । २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमस डेका अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदा समेत दिएको छ । ‘ख्रीष्टमस’ पनि …

पुरा पढ्नुहॊस »
This will auto close after