News desk

एकैदिन वाणिज्य बैंकका पाँच शाखा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एकैपटक पाँचवटा शाखा विस्तार गरेको छ । प्रदेश १ स्थित शाखा कार्यालय ताप्लेजुङ, तेह्रथुम, धुलाबारी, मधेश प्रदेशस्थित शाखा कार्यालय मलंगवा र बागमती प्रदेशस्थित शाखा कार्यालय रसुवाको शनिबार उद्घाटन गरिएको छ । पछिल्लो शाखासँगैै बैंंकको शाखा संख्या २६४ पुगेको बैंकले जनाएको छ । ताप्लेजुङको बैंक सञ्चालक दिलिपकुमार ढुंगाना, तेह्रथुमको म्याग्लुङ नगरका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फे, धुलाबारीको झापा १ ‘ख’ का प्रदेश सांसद गोपाल तामाङ, शाखा कार्यालय मलंगवाको …

पुरा पढ्नुहॊस »

१४ विधामा आइसिटी अवार्ड प्रदान

काठमाडौं । लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आएको आइसिटी अवार्डको सातौँ संस्करण सम्पन्न भएको छ । शुक्रबार सम्पन्न ग्राण्ड फिनाले कार्यक्रममा १४ विधामा अवार्ड प्रदान गरिएको हो । यस वर्षको हृवावे स्टार्टअप आइसिटी अवार्ड मोनाल टेकलाई प्रदान गरिएको छ भने प्रोडक्ट आइसिटी अवार्ड गल्ली म्याप्स र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड कारोबार एपलाई प्रदान गरिएको छ । स्टार्टअप, प्रोडक्ट र राइजिङ स्टार विधामा विभिन्न चरणको छनोटपछि पब्लिक भोटिङसमेत …

पुरा पढ्नुहॊस »

इन्धन ट्यांकर विस्फोट हुँदा १० जनाको मृत्यु

एजेन्सी । दक्षिण अफ्रिकी सहर बोक्सबर्गमा इन्धन ट्यांकर विस्फोट हुँदा १० जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका छन् । तरल पेट्रोलियम ग्यास (एलपीजी) ढुवानी गरेको ट्यांकर शनिबार बिहान अस्पताल र घर नजिकैको पुलमुनि विस्फोट भएको थियो । पुलमुनि ट्यांकर फसेको भन्ने फोन पायौं। आगो निभाउन अग्नि नियन्त्रकहरूलाई बोलाइएको थियो । दुर्भाग्यवश, ट्याङ्कर विस्फोट भयो’, उक्त क्षेत्रका आपतकालीन सेवाका प्रवक्ता विलियम एनटलाडीले भने । घाइतेमध्ये २० जनाको अवस्था …

पुरा पढ्नुहॊस »

स्वास्थ्य मन्त्रालयले भन्यो- ‘छिमेकी मुलुकमा कोरोना संक्रमण बढ्यो, बुस्टर डोज लगाऊँ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्डया मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले सबैलाई अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा। सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा बढिरहेकाले सबैलाई बुस्टर डोज लगाउन आग्रह गरेका हुन् । छिमेकी मुलुकमा देखिएको बिएफ–७ नामक प्रजातिको नयाँ भेरियन्ट खुला सीमानाका कारणले नेपालमा भित्रिन सक्ने भएकाले सजगता अपनाउनसमेत मन्त्रालयले आग्रह गरेको छ । नेपालमा हालसम्म नयाँ प्रजातिको बिएफ–७ नामक भाइरस देखिएको छैन …

पुरा पढ्नुहॊस »

‘नेपाली आधुनिक संगीतमा १०० वर्ष’ सांगीतिक कार्यक्रम सम्पन्न

काठमाडाैँ । पोखरामा ‘नेपाली आधुनिक संगीतमा १०० वर्ष’ सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । नेपाली आधुनिक संगीतको इतिहासबारे जानकारीमूलक उक्त कार्यक्रम एक घण्टा ३० मिनेट रहेको थियोे । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएकोे उक्त कार्यक्रममा अध्यक्षता प्रतिष्ठानका संगीत विभाग प्रमुख तथा कार्यक्रमका संयोजक प्राज्ञ अशोककुमार राईले गर्नुभएको थियोे भने कुलपति नारायण भक्त श्रेष्ठ ‘रायन’ प्रमुख अतिथि, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बेखर्ची वशेष अतिथि रहनुभएको थियोे …

पुरा पढ्नुहॊस »

यस्तो छ आजको तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार आइतबार रातो आलु ५३ रुपैयाँ प्रतिकेजी र गोलभेँडा ठूलो ३५ रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको औसत मूल्य हो । यस्तै कन्य च्याउ प्रतिकेजी १३३ रुपैयाँ ३३ पैसा रहेको छ भने डल्ले च्याउ ३८३ रुपैयाँ ३३ पैसा रहेको छ । ब्रोकाउली ४५ रुपैयाँ, रातो बन्दा ७५ रुपैयाँ, तोरी साग ३७ रुपैयाँ ५० …

पुरा पढ्नुहॊस »

बालुवाटारमा सत्ता गठबन्धनको निर्णायक बैठक

काठमाडाैँ । प्रधानमन्त्रीको पहिलो कार्यकाल टुंगो लगाउनका लागि बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरू भएको छ । सरकारको नेतृत्व पहिले कांग्रेसले गर्ने वा माओवादी केन्द्रले भन्ने निर्णयका लागि पाँच दलीय गठबन्धनका शीर्ष नेतृत्व छलफलमा जुटेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारी सरकार निर्माणका लागि दिएको सात दिनको समय आज पाँच बजे समाप्त हुँदैछ । त्यसअघि कार्यकालबारेको विवाद छिनोफानो गर्दै दाबी पेश गर्ने तयारी सत्ता गठबन्धनको छ । गठबन्धनको बैठकअघि देउवा र नेकपा …

पुरा पढ्नुहॊस »

भारतीय विश्वविद्यालयसँग ‘एसपीए’को भगिनी सम्बन्ध कायम, विद्यार्थी आदानप्रदान गरिने

काठमाडाैँ । दक्षिण भारतको प्रसिद्ध भारत विश्वविद्यालय (इन्स्टिच्युट अफ हाइअर एडुकेसन एण्ड रिसर्च, बेहर) र धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)बीच भगिनी सम्बन्ध स्थापना भएको छ । सम्झौता पत्रमा एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्याय र भारत विश्वविद्यालयका नामले परिचित बिहेरका उपकुलपति प्राध्यापक डा. बैकण्टेस बाबुले हस्ताक्षर गरे । सम्झौताअनुसार दुवै संस्थाबीच विद्यार्थी तथा प्राध्यापक आदानप्रदान, छात्रवृत्ति वितरण, पाठ्यसामग्री तथा पुस्तकहरू तथा अनुसन्धान सामाग्रीहरूको आदानप्रदान हुनेछ । ‘अध्ययन, अनुसन्धानका दुवै शैक्षिक संस्थाबीच …

पुरा पढ्नुहॊस »

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडाैँ । नेपाली बजारमा आइतबार सुनको भाउमा सामान्य वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो । यससँगै छापावाल सुनको भाउ प्रतितोला एक लाख ५ सय रुपैयाँ पुगेको छ । त्यस्तै तेजावी सुनको भाउ प्रतितोला एक लाख रुपैयाँ पुगेको छ । आइतबार चाँदीको भाउ भने स्थिर देखिएको छ । चाँदी प्रतितोला १३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहॊस »

सरकार गठनबारे विश्वप्रकाश शर्मा- ‘२-२-१ मा परिपक्वता छ’

काठमाडौँ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकार गठनबारे प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमा सहमती जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत कांग्रेस सभापतिसमेत रहेका देउवाको प्रस्ताव परिपक्व रहेको बताएका हुन् । दुई–दुई वर्ष कांग्रेस र माओवादी अनि एक वर्ष नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व गर्ने प्रस्तावमा परिपक्वता रहेकोले यसको इमान्दार कार्यान्वयनका लागि उनले आग्रह गरेका छन् । उनले भनेका छन्, ‘२-२-१ मा परिपक्वता छ । तर, इमानदार कार्यान्वयनका लागि पारदर्शी एकता …

पुरा पढ्नुहॊस »
This will auto close after