दक्षिणकालीमा पानी ट्याङ्कर दुर्घटना : एकको मृत्यु, दुई जना घाइते

काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका–२ इँटाभट्टामा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

हिजो बेलुका साढे ६ बजे बा ३ ख ६६५६ नम्बरको पानी ट्याङ्कर दुर्घटना हुँदा ट्याङ्करमै रहेका सिन्धुलीका २१ वर्षका रविन वाइबाको ज्यान गएको प्रहरीले जनाएको छ ।

वाइबाको बयोधा अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । यस्तै, घाइते भएका दुई जनाको पनि यही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीव्र गतिका कारण पानी ट्याङ्कर दुर्घटनामा परेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री