काठमाडौं । नयाँ सरकार निर्माणमा भागबण्डाको सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्रीबारे सहमति जुटाउनका लागि शनिबार बसेको बैठक बिना निष्कर्ष सकिएपछिआज पुन: बालुवाटारमा बैठक बस्न लागेको हो ।
नेताहरुले आजको बैठकलाई ‘निर्णायक’ भनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समयसीमा साँझ ५ बजे सकिन लागेकाले सो अघि नै सहमति जुटाउन पहल हुने गठबन्धनका नेताहरुको भनाइ छ ।
प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आ-आफ्नो दाबी नछाडेपछि निरन्तरका बैठकहरु निष्कर्षविहीन बन्दै आएका छन् ।
तपाईंको प्रतिकृया




