बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेतको निधन

काठमाडौँ । बुद्ध एयरका संस्थापक सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ । बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष बस्नेतको ९५ वर्षको उमेरमा आइतबार निधन भएको हो ।

७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत जोड्ने कार्यको सुरूवात उनले गरेका थिए । बुद्ध एयरले विज्ञप्तिमार्फत बस्नेतको निधनले असल अभिभावक गुमाएको जनाएको छ ।

भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेत बनारस हिन्दु विश्वविद्यालयबाट एमए एलएललबी अध्ययन गरी नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर देशका लागि नेतृत्वदायी भूमिका निभाएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री