मुक्तिनाथ विकास बैंकले १४.२१ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७२ प्रतिशत नगद लाभांश गरी कुल १४.२१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी १३औं साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन् । हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार ८५६ रुपैयाँ रहेको छ । सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो ।

गत वर्ष कम्पनीले १७.५७ प्रतिशत बोनस सेयर र ०.९२ प्रतिशत नगद लाभांश गरी कुल १८.५ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले लाभांश दर घटाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसबीआई र क्लियरिङ हाउसबिच सीमापार भुक्तानीबारे सम्झौता

काठमाडौँ । नेपाल एसबीआई बैंक लिमिटेडले नेपाल र भारतबिचको सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल क्लियरिङ …

प्रतिकृया दिनुहॊस