News desk

जुनसुकै बेला इन्टरनेट सेवा रोकिन सक्ने आइस्पानको चेतावनी

काठमाडौँ । इन्टरनेट सेवा प्रदायकहरुले नेपाल विद्युत प्राधिकरणका कारण जुनसुकै बेला पनि इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ । इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आईस्पान)ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्युत् प्राधिकरणले एकतर्फी रुपमा आफुखुसी पोल भाडा बढाएको र आफूहरुको मागका बिषयमा पनि कुनै सुनुवाई नभएकाले जुनसुकै बेला पनि सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको हो । प्राधिकरणको भाडादरको कारण उपभोक्तालाई समेत असर पर्ने भएकाले र डिजिटल नेपालको मर्म …

पुरा पढ्नुहॊस »

नुवाकोटमा सालको काठ तस्करी गर्ने २ जना पक्राउ

काठमाडाैं । नुवाकोटमा पछिल्लो दुई दिनमा तीन स्थानबाट सालको काठसहित दुईजना लाई डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ । शुक्रबार सूर्यगढी गाँउपालिका–३ को बिसमुरे भन्ने स्थानबाट ठूलो परिमाणको सालको काठसहित कटानमा संलग्न दुई जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । बिसमुरेबाट एकसय ९० गोलिया सालको काठसहित त्यसको कटानमा संलग्न रहेको अभियोगमा स्थानीयवासी चन्द्रबहादुर तामाङ र नन्दबहादुर तामाङलाई पक्राउ गरेर नुवाकोट जिल्ला अदालतबाट थुनामा राखेर अनुसन्धान गर्न …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि, नबिल बैंकको सर्वाधिक कारोबार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । पछिल्ला दिनमा लगातार उकालो लागेको नेप्से परिसूचकले आज पनि त्यही लय पछ्याएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ५६ अङ्कले उकालो लागेर दुई हजार ६३ दशमलव ८३ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८८ अङ्कले उकालो लागेर तीन सय ९४ दशमलव ८९ …

पुरा पढ्नुहॊस »

मोदी सरकारको नोटबन्दी निर्णय सर्वोच्च अदालतद्वारा सदर

एजेन्सी । भारतको सर्वोच्च अदालतले सोमबार एक हजार र पाँच सय दरका नोटमाथि सरकारले गरेको निलम्बनलाई सदर गरेको छ । पाँच सदस्यीय इजलासका चार जना न्यायाधीशहरूले केन्द्र सरकारले सन् २०१६ मा उक्त दरका नोट खारेज गर्ने अभ्यासको पक्षमा फैसला गरेका हुन् । इजलासका अर्का सदस्य न्यायाधीश बीवी नागरथनाले भने असहमति जनाएकी थिइन् । समानुपातिकताको आधारमा विमुद्रीकरण अभ्यासलाई रोक्न नसकिने अदालतकाे ठहर छ । सरकारको उक्त निर्णय आर्थिक नीति भएकोले उल्ट्याउन …

पुरा पढ्नुहॊस »

काठमाडौं सतुगंलमा एटिएम फोड्दै गर्दा एक युवक पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ सतुगंलमा एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका ७ घर भएका २८ वर्षीय प्रकाश मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । स्क्रुले उक्त बैंकको एटिएम खोलिरहेको अवस्थामा फेला पारी प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पुरा पढ्नुहॊस »

पञ्चकन्या ग्रुपका अध्यक्ष श्रेष्ठलाई अवार्ड

काठमाडाैं । पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठले अवार्ड प्राप्त छन् । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘दि एचआरएम–अवार्डस् फर डिस्टिङ्ग्युस्ट सर्भिस नाम लाइफटाइम एचिभमेन्ट अवार्ड–२०२२ बाट उनलाई सम्मान गरेका हुन् । पुस १४ गते एक विशेष समारोहमा सम्मानित भएकामा पञ्चकन्या परिवारले उनलाई बधाइ ज्ञापन गरेको छ ।

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको पहिलो बैठक २५ गते बस्दैछ । प्रधानमन्त्री दाहालले संसद्का महासचिवलाई सम्बोधन गर्दै विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाई दिन अनुरोध गरेका छन् । उनले २६ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन महासचिवलाई आग्रह गरेका छन् । प्रधानमन्त्री दाहालले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । सरकार …

पुरा पढ्नुहॊस »

लोड गरिएको पेस्तोलसहित भारतीय नागरिक पक्राउ

काठमाडाैँ । सीमा सुरक्षा सशस्त्र प्रहरीले बाराको सीमावर्ती नाका गुलरियाबाट एक भारतीय नागरिकलाई एक थान पेस्तोल, म्गागजिन र ७ राउन्ड गोलीसहित आइतबार साँझ पक्राउ गरेको छ । पूर्वी चम्पारण मोतिहारी नगरपालिका वडा नं १६ का ४० वर्षीय चन्दन कुमारलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बताए । उनको साथबाट पत्नी, उनी आफैं र दाइको भारतीय आधार कार्डसहित ११ हजार २ सय ७० भारतीय रूपैयाँसमेत बरामद गरिएको थापाको भनाई …

पुरा पढ्नुहॊस »

साइकल जुधेर लडेका २१ वर्षीय सोल्जालाई ट्याक्टरले किच्यो

काठमाडाैं । सुनसरीमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका-११ मधुवन स्थित सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो । दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको साइकल यात्री बराहक्षेत्र-१० का २१ वर्षीय सोल्जा ठाकुर र विपरीत दिशाबाट आउँदै गरेको साइकल यात्री भारत ग्रामपञ्चायत-९ का २३ वर्षीय अजिम साफी एक अर्कामा ठक्कर खाएर लड्दा ट्याक्टरको ट्रलिले लागेर एकजनाको मृत्यु भएको हो । को १ त ४३७८ नम्बरको ट्याक्टरको ट्रलिको …

पुरा पढ्नुहॊस »

सन नेपाल लाइफद्वारा ५ शाखाका अभिकर्तालाई तालिम (तस्बिरहरु)

काठमाडौं । सन नेपाल लाइफले विभिन्न जिल्लामा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले गत १३ गतेदेखि शनिबारसम्म बित्र्तामोड, इलाम, बिराटनगर, इटहरी र धरान शाखा कार्यालयहरुमा अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । जनमानसमा बिमाको महत्व, बिमा दावि भुक्तानी लगाएतका महत्वपूर्ण प्रशिक्षण कम्पनिका महाप्रबन्धक कमलराज गौतमद्धारा प्रदान गरीएको थियो । कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो । देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे …

पुरा पढ्नुहॊस »