मञ्जुश्री फाइनान्सको १५ औं वार्षिक साधारण सभा

काठमाडाैं । यस मञ्जुश्री फाइनान्स लिमिटेडको १५ औं वार्षिक साधारण सभा  थापागाउँ ब्याङ्केट, थापागाउँ, नयाँबानेश्वरमा सम्पन्न भएको छ।

साधारण सभाद्वारा आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको वासलात तथा २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरणउपर छलफल गरी पारित भएको छ।

केन्द्रीय कार्यालयसहित २७ शाखा रहेको यस फाइनान्सको २०७९ साल मंसिर मसान्तसम्म १ अर्ब ३५ करोड रुपैयाँ चुक्ता पुँजी एवं ५० करोड रुपैयाँ डिवेन्चर जारी गरेको राष्ट्रियस्तरको यस फाइनान्सले १२.४६ अर्ब निक्षेप संकलन गरी ११.५० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ ।

साथै यस फाइनान्सले विप्रेषण, मोबाइल बैंकिङ, अनलाइन खाता र एटीएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदर दिँदै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री