news

मेगा बैंकको १८ लाख ४० हजार कित्ता हकप्रद सेयर लिलामी हुदै

काठमाडौं । मेगा बैंकले बिक्री नभएको १८ लाख ४० हजार कित्ता हकप्रद सेयर लिलामी गर्ने भएको जनाएको छ ।बैंकले चुक्तापुँजी बढाउन ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेकोमा बाँडफाँड भएपछि बिक्री नभएको हकप्रद लिलामी गर्न लागेको हो । रितिपुर्वक आवेदन दिने १ लाख ४८ हजार ८७४ आवेदकलाई २ करोड ७९ लाख ४४ हजार २९५ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको बैंकले जनाएको छ । हकप्रद बाँडफाँडपछि मेगाको चुक्ता पूँजी ७ अर्ब ५६ …

पुरा पढ्नुहॊस »

नयाँ सरकार डेढ महिनापछि

 काठमाडौं । संविधानअनुसार प्रतिनिधिसभा निर्वाचन सम्पन्न भए पनि नयाँ सरकार गठनका लागि अझै डेढ महिना कुर्नुपर्ने देखिएको छ । राष्ट्रियसभा निर्वाचनपछि मात्र प्रतिनिधिसभा समानुपातिकतर्फका सांसद छनोट गर्ने संवैधानिक व्यवस्थाका कारण सरकार गठनमा ढिलाइ हुने संकेत देखिएको हो । नयाँ सरकारको नेतृत्व गर्ने अनुमान गरिएको नेकपा एमालेले भने सरकार गठनका लागि राष्ट्रियसभा निर्वाचन पर्खन नपर्ने दाबी गर्दै आएको छ । संविधान र कानुनको अपव्याख्या गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता लम्ब्याउन खोजेको आरोप …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिद्धारा अध्यादेश प्रमाणीकरण

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतिक्षित राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण गरेकी छिन् ।कांग्रेस र वाम गठबन्धनबीचको विवादका कारण अड्किएर रहेको अध्यादेश राष्ट्रपतिले शुक्रबार बिहान प्रमाणिकरण गरेकी हुन्  । अब राष्ट्रिय सभाको चुनाबको लागि बाटो खुल्नुका साथै नया सरकार गठन प्रक्रिया पनि अघि बढ्ने बताइएको छ |

पुरा पढ्नुहॊस »

सलमानसँग कैटरिना नेपाल आउने

बलिउड नायक सलमान खानसँगै बलिउड नायिका कैटरिना कैफ पनि नेपाल आउने भएकी छन् । ओडिसी इन्टरटेनमेन्टले आयोजना गर्न लागेको ‘दबंग द टुर’ नामक कार्यक्रममा सहभागी हुन  सलमान र कैटरिना  नेपाल आउन लागेका हुन् । फागुन २६ गते राजधानीको टुँडिखेलमा हुने उक्त कार्यक्रममा उनीहरुको सहभागिता हुनेछ । फिल्म ‘टाइगर जिन्दा है’ को ‘स्वाग से स्वागत’ गीत पछि सलमानको दबंग टुरमा कैटरिनाको डिमान्ड आएको हो । सलमान र कैटरिनासँगै प्रभुदेवा, डेजी शाह , …

पुरा पढ्नुहॊस »

पेय पदार्थमध्ये दूध र पानी सबैभन्दा दुषित

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको नमुना परीक्षण अनुसार बजारमा उपलव्ध खाद्य तथा पेय पदार्थमध्ये दूध र पानी सबैभन्दा दुषित पाइएको छ। विभागले खाद्य तथा पेय पदार्थको ९०३ नमुना संकलन गरेकोमा ११५ नमुनाहरु प्रतिकूल पाइएको बताएको छ। प्रतिकूलमध्येमा सबैभन्दा बढी प्रशोधित पिउने पानी र दूधमा देखिएको विभागले जनाएको छ। प्रशोधित पिउने पानीमा ३८ नमुना र दूधमा २० नमुना प्रतिकुल पाइएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिएका छन् । …

पुरा पढ्नुहॊस »

प्रचण्डले भने- मेरो बाँकी जीवन शान्ति र राष्ट्रिय एकताको निम्ति

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थीरता र समृद्धिका निम्ति काम गर्ने बताएका छन् । राष्ट्रलाई एकतावद्ध गर्ने, राष्ट्रमा शान्ति कायम गर्ने, सुशासन कायम गर्ने, समृद्धितिर देशलाई लैजाने कामको निम्ति नै वाम गठबन्धनको एजेण्डाहरु केन्द्रित गरेको उनले बताए । व्रह्मा कुमारी राजयोग सेवा केन्द्रले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले भने, ‘नीति निर्णय सबैमा तपाईंहरुको भावनालाई, तपाईंहरुको प्रेरणालाई ध्यान दिएर अगाडि बढ्ने छौं र राजनीतिक स्थीरता र …

पुरा पढ्नुहॊस »

सरकारले मृगौला ,क्यान्सर र स्पाइनल कर्ड इन्जुरीका विरामीलाई मासिक ५ हजार भत्ता प्रदान गर्ने

काठमाडौं । सरकारले दुवै मृगौला फेल भएका, क्यान्सर लागेका, स्पाइनल इन्जुरी भएका र गम्भीर प्रकृतिका विरामीलाई ५ हजार रुपैयाँ सहुलियत प्रदान गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दुवै मिर्गौला फेल भएका, क्यान्सर रोग लागेका र स्पाइनल कर्ड इन्जुरी भई प्यारालाईसिस भएकाहरुलाई जीविकोपार्जनका लागि मासिक ५ हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

पुरा पढ्नुहॊस »

काठमाडौंको एक होटलमा भारतीय नागरिकको हत्या, ५ जना पक्राउ

काठमाडौं । बुधबार राति काठमाडौंको गौशालास्थित आमदब्लम होटलमा एक जना भारतीय नागरिकको हत्या भएको छ । भारतीय नागरिक आदित्य गुरुङको हत्या भएको हो । मदिरा खाएर आएका गुरुङ र होटल कर्मचारीबीच विवाद बढ्दै गएपछि कुटपिटका कारण गुरुङको मृत्यु भएको महानगरीय प्रहरीले बताए। घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुरा पढ्नुहॊस »

देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम ३ डिग्री

काठमाडौं । काठमाडौंसहित देशभर चिसो बढेको छ । १ पुसमा २.८ डिग्रीमा झरेको काठमाडौंको तापक्रम त्यसपछि केही बढेको भए पनि बिहीबार बिहान ६ः३० बजे ३.६ रेकर्ड भएको छ । काठमाडौंको बिहीबार बिहान ८ः४५ बजेको तापक्रम भने ४.८ डिग्री सेल्सियस पुगेको छ । काठमाडाैंमा मापन भएकाे पुस १ को तापक्रम याे वर्षकै कम हो । मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढेको जानकारी दिँदै काठमाडौंको बिहान ६ः३० बजेकाे तापक्रम ३.६ रेकर्ड भएको …

पुरा पढ्नुहॊस »

प्राइम बैंकको नयाँ शाखा मैनापोखरीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिकास्थित मैनापोखरीमा नयाँ शाखा  सञ्चालनमा ल्याएको छ ।  यस शाखासँगै बैंकको शाखा कार्यालय संख्या ५३ पुगेको छ । स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहका बीच बैंकका संचालक दिनेश श्रेष्ठले शाखा कार्यालय बैतेश्वरको उद्घाटन गरेका  छन।    

पुरा पढ्नुहॊस »
This will auto close after