विपिन र सृजना उत्कृष्ट,’छक्का पञ्जा’लाई सर्वाधिक अवार्ड

काठमाडौं । सोमबार लक्स कामना फिल्म अवार्ड २०७४ु सम्पन्न भएको छ । यस अवार्डमा सर्वाधिक १७ विधामा मनोनित भएको सिनेमा छक्का पञ्जाले सर्वाधिक ८ विधामा अवार्ड पाएको छ ।उत्कृष्ट नव निर्देशक, उत्कृष्ट सम्वाद, उत्कृष्ट सह अभिनेता, उत्कृष्ट हाँस्य कलाकार, उत्कृष्ट खल पात्र, उत्कृष्ट नृत्य निर्देशक, उत्कृस्ट गायन, उत्कृष्ट सिनेमामा छक्का पञ्जाुले सर्वाधिक ८ विधामा अवार्ड पाएको हो ।

विपिन कार्की (जात्रा) उत्कृष्ट अभिनेता र सृजना सुब्बा (डाइगं क्यान्डल) उत्कृष्ट अभिनेत्रीको अवार्ड पाए ।  नव निर्देशकको हकदार दिपाश्री निरौला बन्दा आर्यन अधिकारी ‘के म तिम्रो होइन र’ बाट नव नायिकको अवार्ड उचाले । यस्तै फिल्म ‘गाजलु’ बाट सृष्टि श्रेष्ठले नव नायिकाको अवार्ड पाइन् ।

फिल्म अवार्ड विजेता

फिल्मः छक्का पञ्जा
निर्देशकः हेमराज बिसी ‘गाजलु’
अभिनेताः विपिन कार्की ‘जात्रा’
अभिनेत्रीः श्रृजना सुब्बा ‘डाइङ क्याण्डल’
सह–अभिनेताः जितु नेपाल, छक्का पञ्जा
सह– अभिनेत्रीः गौरी मल्ल, होमवर्क
खलपात्रः दीपकराज गिरी, छक्का पञ्जा
हाँस्य कलाकारः केदार घिमिरे, छक्का पञ्जा
नव निर्देशकः दीपाश्री निरौला, छक्का पञ्जा
नव अभिनेताः आर्यन अधिकारी, के म तिम्रो होइन र
नव अभिनेत्रीः श्रृष्टि श्रेष्ठ, गाजलु
बाल कलाकारः लाक्पा सिघे तामाङः डाइङ क्याण्डल
कथाः हेमराज बिसी, गाजलु
पटकथाः प्रदिप भट्टराई, जात्रा
संवादः दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे ‘छक्का पञ्जा’
छायाँकारः रविन आचार्य, डाइङ क्याण्डल
द्वन्द्व निर्देशकः हिमाल केसी, के म तिम्रो होइन र
सम्पादनः सुरेन्द्र पौडेल, गाजलु
शृङ्गारः सरोज बुढाथोकी, डाइङ क्याण्डल
ध्वनी मिश्रणः उत्तम न्यौपाने, गाजलु
पार्श्व संगीतः एलिश कार्की, के म तिम्रो हिइन र
नृत्य निर्देशनः कविराज गहतराज, छक्का पञ्जा
पार्श्व गायकः कृष्ण काफ्ले, छक्का पञ्जा (सुन न चम्पा)
पार्श्व गायिकाः अञ्जु पन्त, किस्मत २ (यी आँखा लैजाउ)
संगीतकारः कालिप्रसाद बाँस्कोटाः लुट २ (ठमेल बजार)
गीतकारः डा. कृष्णहरी बराल, शब्द (हरपल)
लक्स पपुलर च्वाइस अवार्डः केकी अधिकारी

बारेमा news

यॊ पनि हेर्नुहॊस

हरिभक्त बुढाथोकीको ‘बुढेसकाल’

काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘बुढेसकाल’ सार्वजनिक भएको छ । मदनकृष्ण श्रेष्ठको स्वर, …

प्रतिकृया दिनुहॊस